मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणहिटी सङ्ग्रहालयको श्रीसदनका दुई कोठाको दस्ताबेज सूचीकरण सुरु

नारायणहिटी सङ्ग्रहालयको श्रीसदनका दुई कोठाको दस्ताबेज सूचीकरण सुरु


काठमाण्डौ – राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्ताबेज सूचीकरण सुरु गरेको छ । 

अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको  हो । दस्तावेज सूचीकरणमा सङ्ग्रहालयका एक कर्मचारीको पनि सहभागिता छ । अहिलेसम्म जन्मोत्सव, गद्दी आरोहण, पदक तथा विभूषणका एक हजार २ सय ७५ दस्तावेज भेटिएको अभिलेख अधिकृत रज्जु हाडाले जानकारी दिनुभयो । श्रीसदन लामो समय पूर्वराजा वीरेन्द्रको निजी निवासका रुपमा रहेको थियो । 

उपचार, बिन्ती पत्र, भ्रमण, उत्सव, प्रतिवेदन र दूतावास सम्बन्धी दुई हजार २ सय ६८ दस्ताबेज सूचीकरण गरिएको छ । राजनीतिक गतिविधि, स्वर्गारोहण, गुठी जग्गासम्बन्धी, भर्पाइ, रसिदलगायत दस्ताबेज एक हजार ३ सय ३ फेला परेको छ । 

कर्मचारीको दरबन्दी, राजीनामा, नियुक्ति, व्यक्तिगत विवरण र बैंक स्टेटमेन्टका एक हजार ८ सय ८७ दस्ताबेज सूचीकृत गरिएको छ । दुई कोठाका दस्तावेज अभिलेखीकरण गर्ने क्रममा नेपाली भाषाका ६ सय ५६ र अङ्ग्रेजी भाषाका ८ सय ६५ पुस्तक फेला परेका छन् ।