मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो : नेपाल सरकार

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो : नेपाल सरकार

सुदूर आज

सडक निर्माण नगर्न र भैरहेको सडक विस्तार रोक्न आग्रह

काठमाण्डौ – नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आज आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताउनुभयो । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण नगर्न र भैरहेको सडक विस्तार रोक्न आग्रह गरेको उहाँले बताउनुभयो । 

मन्त्री कार्कीले नेपाल र भारतबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै ऐतिहासिक सन्धी सम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सबैखाले विवाद हल गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।