मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने चेतावनी

जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने चेतावनी


जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन्।

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्।

जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ ।

यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बीबीसीले जनाएको छ।

यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।