मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले जिल्ला सदस्य खुल्लामा सबै भन्दा बढी मतका साथ भट्ट बिजयी

एमाले जिल्ला सदस्य खुल्लामा सबै भन्दा बढी मतका साथ भट्ट बिजयी


अछाम । नेकपा एमाले अछामको जल्ला सदस्यमा सर्बाधिक मतका साथ पुष्पराज उपाध्याय (पुष्प भट्ट) बिजयी भएका छन् ।

उनले खसेको ७ सय ४९ मतको ३ सय २७ मत प्राप्त गरे । खुल्ला तर्फ २७ जनाका लागि भएको प्रतिष्पर्धामा उनले सबै भन्दा बढी मत प्राप्त गरे । उनले ३१ जनालाई पछि पार्दै पहिलो नम्बरमा जित निकाले ।

पत्रकारतिा क्षेत्रबाट राजनितिमा प्रबेश गरेका उनले अछाम जिल्लाका दुबै क्षेत्रका मतदाताले मतदान गरेका छन् । यस्तै पत्रकारीता पृष्ठभुमीका नरेश कुमार शाहीले पनि बिजयी हासिल गरेका छन् ।

खुल्ला सदस्यमा नै उनले २ सय ४१ मत सहित बिजयी हासिल गरे । कुल ३२ जनामा उनले २० औँ नम्बरमा आफुलाई सुरक्षित गरे ।