राजनिति

एमालेलाई अझै बलियो बनाउने अभियानमा लाग्ने छु: नेता शाह

अछाम : नेकपा (एमाले ) आठौं जिल्ला अधिवेशनका उपविजेता प्रकाश शाहले अध्यक्ष पदमा मतदान गर्ने सम्पुर्ण प्रतिनिधिप्रति हार्दिक आभार सहित धन्यवाद दिएका छन । अध्यक्षमा निर्वाचित चन्द्र बोहरा सहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

कार्यकर्ताको अभिमत र पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्ने उपविजेता शाहले सामाजिक संजाल मार्फत अभिमत प्रकट गरे । पराजय प्रति असन्तुष्टी नभई आगामी दिनमा अझै नेकपा एमालेलाई बलियो बनाउने अभियानमा लाग्ने उनको भनाई रहेको छ ।

सामाजिक संजाल मार्फत शाहलाई सबैले सहानुभूति प्रकट गरेका छ्न । उपविजेता उम्मेदवारले कार्यकर्ताको अभिमत र लोकतान्त्रिक अभ्यासलाई सहर्ष स्विकार गरेकोमा शाहको राजनीतिक यात्राको सफलताको शुभकामना दिएका छ्न् ।

पराजय नै विजयको सुरुवात हो भन्ने कुरा बुझेकोमा धन्यवाद सहित बधाई दिएका छ्न् । आठौं जिल्ला अधिवेशनवाट चन्द्र वोहरा ४ सय ४१ मत ल्यार निर्वाचित हुनुभएको छ भने शाहले ३ सय ७ मत प्राप्त गर्नुभएको छ ।

तर सचिव, उपाध्यक्ष र एक सहसचिव भने शाह प्यानलले जितेको छ । पदाधिकारीमा शाह प्यानल बहुमतमा रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० देशमा राजदूत नियुक्त हुँदै, यी हुन् चर्चामा रहेका अनुहार ।
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रेस चौतारी अछामको अध्यक्षमा टेकबहादुर थापा सर्वसम्मत
एमाले साँफेबगर नगर कमिटीद्वारा नव निर्वाचित जिल्ला सदस्यलाइ सम्मान