मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थी आन्दोलनबाट उदायका नेता रावल लोकप्रिय मतका साथ एमाले अछामको सचिवमा बिजयी

विद्यार्थी आन्दोलनबाट उदायका नेता रावल लोकप्रिय मतका साथ एमाले अछामको सचिवमा बिजयी


अछाम : विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका भीम बहादुर रावल (कालोटोपी) एमाले अछामको सचिवमा विजयी भएपछि चर्चामा आएका छन । झण्डै ४ बर्ष अघि एमाले अछामको पार्टीमा भुमिका निर्वाह गरेपछि सबैको मन जित्दै युवा अबस्थामै सचिव अत्याधिक लोकप्रिय मतका साथ विजयी भएका छन ।

एमाले अछामको आठौं अधिवेशनमा निकटतम प्रतिस्पर्धि आदर्श साउदलाई १ सय ९५ मतान्तरले रावलले पराजित गरेका हुन । ७ सय ५० मतमा रावलले ४५३ मत प्राप्त गरेका हुन भने निकटतम प्रतिद्वन्द्वी साउदले २५८ मत पाएका थिए । २०५३ मा अनेरास्ववियु षोडशा मावि मंगलसेन अछामबाट संगठित रुपमा राजनिती सुरु गरेका रावलले जिल्लाको कोषाध्यक्ष, सचिव हुदै अध्यक्ष भई जिम्मेवारी कुशलता पुर्वक सम्हालेका थिए ।

उच्च शिक्षा हासिल गर्न काठमाडौं गएपश्चात विद्यार्थी आन्दोलनमा उत्तिकै क्रियाशील रहनु भएका रावल अनेरास्ववियुको क्याम्पस प्राक देखि अन्चल कमिटी हुँदै केन्द्रीय कमिटीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो । २०५९ असोज १८ को शाहि घोषणा, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको आन्दोलन र शैक्षिक आन्दोलनको नेतृत्व अनेरास्ववियुले गरिरहदा अग्रपंक्तिमा रहेर आन्दोलनको नेतृत्व गर्ने क्रममा रावल थुप्रैपटक गिरफ्तारीमा पर्नुका साथै प्रहरीको निर्घात कुटाईबाट गम्भीर घाईते समेत हुनु भएको थियो ।

आन्दोलनका क्रममा अग्रपंक्तिमा रहेर काम गर्ने क्रममा उहाँ प्रहरीको निशानीमा परिरहनु हुन्थ्यो र काठमाडौंमा प्रत्येक आन्दोलनका मुख्य मुख्य चोक/कलेजहरुमा भीम बहादुर रावल कालोटोपी भन्ने बित्तिकै एक निडर, आन्दोलन प्रति समर्पित र ईमान्दार विद्यार्थी नेताको रुपमा सुपरिचित हुनुहुन्थ्यो ।

२०६२/०६३ को जनक्रान्तिमा प्रहरी समेतले बानेश्वरमा नि यहि, बृद्धनगर यहि, कोटेश्वरमा यहि, प्रदर्शनी मार्गमा यहि, बागबजारमा यहि, जता जता आन्दोलन त्यहि त्यहि, यहि मान्छे हुन्छ भन्दै प्रहरीले निर्घात रुपमा कुटपिट गरि टाउकोमा गम्भीर चोट लाग्नुका साथै बाया हात फ्याक्चर समेत भएको थियो । जहाँ आन्दोलन हुन्छ त्यहा कालोटोपी अवश्य हुन्छ भन्ने प्रहरीकाे दिमाखमा भईसकेको हुन्थ्यो ।

विना सर्त आफुलाई आन्दोलन र विद्यार्थी समुदायको हक र हितका निम्ति जिवनको उर्जाशिल समय पार्टि र विद्यार्थी आन्दोलनमा समर्पित भईरहदा अनेरास्ववियुकाे केन्द्रीय कमिटी र पार्टीको सम्पर्क मंचको नेतृत्व गर्नु भएको थियो । अनेरास्ववियुको २२ अौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा झिनो मतले पराजित भएपछि लामो समय पार्टीमा जिम्मेवार विहिन हुनुभयो ।

करिब २ बर्ष जिम्मेवार बिहिन रहदा पनि पार्टीप्रति कुनै गुनासो गर्नु भएन । यस बिचमा २०७४ सालको स्थानीय तहको निर्वाचनकाे मिती सार्वजनिक भएपछि नेकपा एमाले जिल्ला कमिटी अछामले उहाँलाई सदस्यमा जिम्मेवारी प्रदान गरयो । स्थानिय तह,प्रदेश र संघको निर्वाचनमा पार्टिलाई जिताउनका लागि उहाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेसँगै पार्टि एकता भयो ।

एकता पश्चातको नेकपा अछामको जिल्ला कमिटीमा उहाँलाई सचिवालय सदस्य तथा विद्यार्थीफाँट ईन्चार्जको जिम्मेवारी प्रदान गरेको थियो । नेकपा एमालेको जिल्ला कमिटी अछामको सोही भुमिका काम गरिरहेका रावलले २०७८ पौष २३ गते सम्पन्न नेकपा एमाले अछामको आठौं जिल्ला अधिबेशनमा कुल खसेको ७५० मत मध्ये आफ्नो सचिवका प्रत्यासि आदर्श साउदलाई १९५ मतान्तरले पराजित गर्दै सर्वाधिक लोकप्रिय मतका साथ सानदार जित हासिल गर्नु भयो ।

रावलले ४५३ मत प्राप्त गरे भने साउदले २५८ मत पाएका थिए । जुन मतान्तर अध्यक्ष, उपाध्यक्ष, र उपसचिवको सर्वाधिक हो । एमाले अछामको आठौं अधिबेशनबाट अध्यक्ष चन्द्र बोहरा, उपाध्यक्ष बल बहादुर कुवर, उपसचिव प्रेम महर र डम्मर बिसी निर्वाचित भएका छन । चन्द्र बोहरा प्यानलबाट उपसचिव बिसी तथा प्रकाश शाह प्यानलबाट उपाध्यक्ष बल बहादुर कुवर, सचिव रावल सहित उपसचिवमा प्रेम महर विजयी भएका छन ।