राजनिति

एमाले अछामको अध्यक्षमा चन्द्र बोहरा विजयी

अछाम : नेकपा एमाले अछामको अध्यक्षमा चन्द्र बोहरा विजयी भएका छन् । अर्का प्रतिस्पर्धी प्रकाश शाहलाई १ सय २४ मतले पछि पार्दै बोहरा निर्वाचित भएका हुन् ।

बोहराले ४ सय ३१ मत ल्याउँदा शाहले ३ सय ७ मत पाएका छन् । अध्यक्ष बाहेकका अन्य ३ पदाधिकारीमा शाह प्यानलका उम्मेद्धार विजयी भएका छन् उपसचिवमा बोहरा प्यानलका डम्बर बहादुर बि.सी विजयी भएका छन् ।

उपाध्यक्ष पदमा भीम बहादुर बिस्टलाई पराजित गर्दै बल बहादुर कुँवर विजयी भएका छन् । कुँवरले ३ सय ८६ मत पाउँदा विष्टले ३ सय १३ मत पाएका छन् ।

सचिवमा आदर्श साउँदलाई १९५ मतले पछि पार्दै भीम रावल (कालो टोपी)  विजयी भएका छन् । रावलले ४ सय ५३ मत पाउँदा साउँदले २ सय ५८ मत पाएका छन् ।

यस्तै उपसचिवमा प्रेम बहादुर महर र डम्बर बहादुर बि.सी विजयी भएका छन् । बि.सी २ सय ६० र महर २ सय ५२ मतका साथ विजयी भएका हुन् ।

नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा ७४९ जनाले मतदान गरेका थिए । अन्य सदस्य पदको मत गणना राती नै सुरु गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० देशमा राजदूत नियुक्त हुँदै, यी हुन् चर्चामा रहेका अनुहार ।
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रेस चौतारी अछामको अध्यक्षमा टेकबहादुर थापा सर्वसम्मत
एमाले साँफेबगर नगर कमिटीद्वारा नव निर्वाचित जिल्ला सदस्यलाइ सम्मान