प्रदेश समाचार

जेष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो दायित्त्व हो : अध्यक्ष खड्का

अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र खड्काले जेष्ठ नागरिक हाम्रा समाजका ज्यूदो इतिहासभएकाले उनिहरुलाई सम्मान गर्नुपर्ने दायित्व हाम्रो भएको बताएका छन् ।

जेष्ठ नागरिकले समाजका लागि आफ्नो समयमा महत्वपूर्ण काम गरेको भन्दै अध्यक्ष खड्काले उनिहरुलाई माया र सम्मान दिनुपर्नेमा जोड दिए ।

मंगलबार बान्नीगढी जयगढ गाउँपालीका वडा नं ५ कालीकामा जेष्ठ नागरिकलाई समान्न साथ न्यानो कपडा बितरण गर्दै अध्यक्ष खड्काले युवाहरुले बृद्ध भएका अग्रजहरुलाई सम्मान र सानालाई माया गर्नुपर्नै बताए ।

सुसंस्कृत समाज निर्माण गर्न सबै पक्षको उत्तिकै भुमिका हुने भएकाले अग्रजहरुको सुझाव सल्लाह लिएर अघि बढ्नुपर्नेमा अध्यक्ष खड्काको जोड छ । पालिकाको सहयोगमा ६ वडाका ६६ जनालाई सम्मान सहित न्यानो कपडा बितरण गरिएको छ ।

चिसो मौसममा उनिहरुलाई न्यानोमा राख्नुपर्ने भन्दै अध्यक्ष खड्काले सम्मान साथ कपडा बितरण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इलाका प्रहरी कार्यालय विनायकले ‘तपाईको मास्क खोई’ अभियानलाई निरन्तरता दिने
सुदूर र कर्णालीकोे सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना, चौखुट्टेमा पनि स्वास्थ्यकर्मी खटाईयो
अछामका प्रजिअ सहित ५ जनामा कोरोना : आकस्मिक बाहेकका सबै सेवा बन्द
माघी पर्वको अवसरमा भोली सुदूरपश्चिमभर बिदा