मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असुराे छ आलिमा , काेराेना जान्छ नालिमा

असुराे छ आलिमा , काेराेना जान्छ नालिमा


गाउँलेले नचिनेको औषधि असुराे `Malabar Nut´

असुरो हाम्रा घर आगनमा जताततै प्रसस्तै पाइने हेर्दा सामान्य देखिने एक झाडीदार वनस्पति हो । यसको पातहरु ३ इन्चदेखि ८ इन्चसम्म लाम्चा हुन्छन । असुरोमा सेतो रङ्गको फुल सिंह मुखि फुल्छ । यो माघ महिनादेखि चैत्रसम्म फुल्छ ।

असुरोलाई संस्कृतमा वासा, वासिका र हिन्दीमा अडूसा वावाकस भनिन्छ भने अंग्रेजीमा मालावर नट भनिन्छ । यसलाई नेवारी भाषामा आलेमा, थारु भाषामा असुर, तामाङ भाषामा वासकस्तानाले चिनिन्छ । यो वनस्पति वन औषधिको नामले पनि चिनिन्छ ।

हाल आयुर्वेद विज्ञहरुका अनुसार यसले काेराेना भाइरस ,इनफुलन्जा लगाएका धेरै राेगहरुमा उपयोगी भएको कुरा बताएका हुदा दैनिक रुपमा असुरो, बेसार, धनियाँ, मरिच ,पीपल र सुठो हालेर पानीमा उमालेर त्यसमा एक चम्चा मह हालेर खाँदा अति उत्तम प्रतिफल दिएको जानकारी पाइन्छ मेरो अनुभव~ श्वासप्रश्वास र छातीमा संक्रमण भएर छाती रोग विज्ञकहाँ जान्छन , विज्ञले छाती जाँचेर औषधि खानु पर्छ भनी लेख्नु दिनु हुन्छ औषधि खान्छन पनि !

औषधिले दवाउदा ठिक भए जस्तो हुन्छ तर समस्या जस्ताको त्यस्तै हुदा मेरा बुबा र आमा कहाँ आउछन् तब बुबाआमाले भन्नू हुन्छ कि असुरोको पात पानीमा उमालेर त्यो पानीमा कागती–मह हालेर खाने सुझाव दिनुहुन्छ । यसरी खाँदा खोकी निको भयो भनेर सुनेको बर्षाै भएको छ भने मैले मेरै आँखाले देखेको र हाल मैले पनि यहि सुझाव दिने गरेको छु ।

असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिसाएर खाँदा खोकीको समस्या कम हुने रहेछ । मैले आयुर्वेद पढ्दा असुरोको बारेमा झन बढि बुझ्ने माैका पाएँकाे थिए । मेरा बाजे बराजुकाे पाला देखि हालसम्म पनि गाउँघरमा अन्य उपायबाट ठिक नभएका सानाठूला स्वास्थ्य समस्या पर्दा गाउँलेहरु हामी कहाँ नै आउने गर्छन ।

विशेषगरी श्वासप्रश्वास ,दम,खाेकिमा जहिल्यै असुरो, बेसार, धनियाँ, पीपल र सुठो हालेर पानीमा उमालेर खाँदा धेरै फाइदा भएको गाउँघरका जाे काेहि मानिसहरुले पनि बताउछन । असुराेलाई जहिल्यै श्वास–प्रश्वाससम्बन्धी रोगमा औषधिको रुपमा प्रयोग गर्ने गरेकाे पुस्ताैं देखिको चलन पनि हाे । यसको पात, जरामा पाइने पदार्थले श्वास–प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्नुको साथै श्वास मार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्ने कुरा आयुर्वेद शास्त्रमा उल्लेख भएको पढ्न सकिन्छ ।

असुरोको पातको ताजा रस महसँग मिसाएर खाँदा मात्रै पनि श्वास–प्रश्वाससम्बन्धी समस्यामा फाइदा पुगेको मेरो अनुभव छ । यो औषधिको रुपमा पनि प्रयोग हुन्छ । आयुर्वेदमा असुरोको प्रयोग श्वास,कास र ज्वारका साथै “सुन्निएको ठाउँमा असुरोको पातको लेप लगाउँदा सुन्निएको घटाउँछ र दुखाइकाे समस्या पनि कम गर्छ ।“ घाँटी खसखस हुँदा , चिसो लाग्दा यसकाे वाफ लिदा फाइदा हुन्छ ।

कब्जियत भएको वेलामा असुरोको पात त्रिफला चुर्णमा पकाएर खाँदा दिशा खुकुलो र पेट सफा हुन्छ । असुरोको सुकेको पातलाई किताबका पानाहरुमा राख्दा कीरा लाग्दैन । सधैंभरि हरियो असुरोको पात सबै ठाउँमा नपाइन पनि सक्छ । त्यसैले यसको पातहरुलाई २४ घण्टा छायामा घामकाे अवस्थानुसार १-२ दिन सुकाएर सफा सुख्खा ठाउँमा हावा नछिर्ने गरि भण्डारण गर्न सकिन्छ ।

भने पछि विस्तारै एक चम्चाकाे हिसाबले पानीमा उमाली ल्वाङ, सुकुमेल, मरिच आदि हालेर खाँदा मात्रै पनि धेरै फाइदा गर्छ । हाम्रा गाउँ घरका कृषक महानुभावहरुले काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परम्परागतरुपमै असुरोको पातको प्रयोग गर्ने गर्दछन । साथै यसलाई जैविक मल र कीटनाशक औषधिको पनि काम गर्दछ ।

किसानले धानको ब्याडमा यसको पातलाई कुहाएर मल र किराबाट बचाउन प्रयोग गर्ने गरेको पनि पाइन्छ । आयुर्वेदानुसार रुघाखोकी, घाँटीको दुखाइमा समेत असुरोको प्रयोग लाभदायक मानिएको छ । असुरोको पात उमालेर तातो पानीको बाफले धेरै फाइदा पुर्‍याउन सक्छ भन्ने कुरा आयुर्वेद शास्त्रमा उल्लेख छ ।

काेराेना लागेका वा नलागेका मानिसले दिनमा एक लिटर पानीमा असुरोका चार–पाँचवटा पात उमालेर बाफ लिँदा श्वास–प्रश्वासमा निकै सहज हुने अनुभवले पुष्टि गरेको छ भने असुराे उमालेर मनताताे भएको झाेललाई आठतह कपडाले छानि याे झाेलले जलनेती गर्दा सतप्रतिसत फाइदा भएको कुरा विज्ञहरु बताउँछन् । शान्तिदुतयाेगयात्रीविष्णु