कला साहित्य / मनोरञ्जन

सिद्धेश्वर प्रभामा खेलिएको युद्धकालीन कला–भुवा नाच (फोटो फिचर)

अछाम : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हरेक वर्ष पुषको महिनामा भुवा ७ दिनभन्दा बढी समयसम्म खेल्ने गरिन्छ। युद्धकालीन अभ्यास अछामी संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ।

हातमा तरवार र ढाल लिएर सामुहिक रुपमा स्थानीय बाजागाजाको तालमाभुवा खेल्ने गरिन्छ। भुवा विशेष गरी सुदूरपश्चिमको अछाम,बाजुरा,डोटी र बझागमा मनाउने गरिन्छ। भुवा पर्वको अवसरमा घरघरमा गएर देउसी–भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने प्रचलन छ।

यो पर्वले वर्षदिनसम्म भेटघाट नै नभएका ईष्टमित्र,दाजुभाईबीचको सम्बन्ध प्रगाढ हुने विश्वास छ। भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ। भुवा खेल्ने पुरुषहरुले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युमा एउटा सेतो चद्धर जस्तो पहिरनुपर्छ। टाउँकोमा पघरी बाँध्नुपर्छ। बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवाँ खेल खेल्ने गरिन्छ। यो खेलमा १६ वटा चालवा लय र ६३ कवच हुन्छ। 

भुवा खेल्नेहरुले यो पर्व मनाउने क्रममा घरघरमा गई भस्कोसमेत खेल्ने गर्छन्। भस्को खेलका माध्यमबाट समाजका विकृति/विसंगतिको अन्त्य भई समतामूलक समाजनिर्माण हुने विश्वास रहेको भुवा खेलाउने गुरु प्रभा धम्कोट माविका पुर्व प्रधानाध्यापक कुलबहादुर कुँवरले बताए। उनले भने ‘पाण्डव र कौरबबीचका लडाई सकिएपछि पाण्डवपक्षले खुसियाली मनाएको दिनको रुपमा यो पर्व मनाईन्छ, भुवा खेल सबैले खेल्न सक्दैनन्।’

उनले भने ‘बाजा र खेल्नेको ताल मिल्नुपर्छ। यो युद्धकालीन कला हो खेल्न नजानेमा चोटपटकसमेत लाग्न सक्छ, यो पर्व मनाएको स्थान वा खेतमा अर्को वर्ष अन्न उत्पादन बढ्ने जनविश्वास छ।’पछिल्लो समय युवाहरुमा यो खेलप्रतिको चासो नहुँदा यसको महत्व घट्दै गएको उनले बताए। 

अछामका साँफेबगर नगरपालिका, रामारोशन गाउँपालिका,चौरपाटी गाउँपालिमाका विभिन्न ठाउँमा भुवो खेल्ने गरिन्छ। हराउदै जान थालेको भुवा यस पटक वडा कार्यालयको पहलमा आयोजना गरिएको साँफेबगर नगरपालिका-३ का वडा अध्यक्ष कृष्ण बुढाले बताए। उनले भने ‘सिद्धेश्वरमा विगत ८ वर्षदेखि भुवा खेल्न छोडेका थियौ। यस पटक वडा कार्यालयको पहलमाभुवो खेलको जगेर्ना गर्नका लागीभुवाको आयोजना गरेका छौ।’ 

 भुवाखेलको अन्तिम दिन विसर्जन गर्ने कार्यलाई अछामको स्थानीय भाषामा भुवा सेलाउने पनि भन्ने गरिन्छ। पहिले राजा र रजौटाहरुले आफ्ना भाई भारदार लगाएत जनताहरुलाई आत्मरक्षाको लागी खेतीको काम सकेर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनका लागि भुवा खेलाउने गरेको बुढापाकाहरुको भनाई छ।

हेर्नुस् सिद्धेश्वर प्रभामा खेलिएको

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एउटी ‘दुर्लभ’ बघिनीप्रति शब्दश्रद्धा
भोलीदेखि देशभर वर्षा र हिमपातको सम्भावना
अछामका प्रजिअ सहित ५ जनामा कोरोना : आकस्मिक बाहेकका सबै सेवा बन्द
नारायणहिटी सङ्ग्रहालयको श्रीसदनका दुई कोठाको दस्ताबेज सूचीकरण सुरु