मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकाारीता गर्दा समाजमा देखिएका समस्या समाधान गर्न भट्टको जिल्ला सदस्यमा उम्मेद्धारी

पत्रकाारीता गर्दा समाजमा देखिएका समस्या समाधान गर्न भट्टको जिल्ला सदस्यमा उम्मेद्धारी


अछाम : २०५८ सालमा बम्बै बाट प्रकाशित हुने नेपाल न्यूज मार्फत पत्रकारीता सुरु गरेका पुष्पराज भट्टले धनगढीमा २०६२ सालमा सुदूरसन्देश पत्रिकामा काम गरे । २०६४ सालमा आफ्नै जिल्लामा काम गर्नुपर्छ भनेर जिल्ला फर्किएका पत्रकार भट्टले अछाम दर्पण साप्ताहिक संचालन गरे ।

२०६८ देखि व्यावसायिक रुपमै पत्रकारीता गर्नुपर्छ भनेर अघि बढेका भट्टको सक्रियतामा खप्तड न्यूज दैनिकको सुरुवात गरि अछाम जिल्लामा संचारको नयाँ आयाम दिने काम गरे । हाल पनि खप्तड न्यूज दैनिकका प्रकाशक रहेका भट्टले साँफेबगरमा रहेको रेडियो जनप्रियको कार्यकारी निर्देशक भएर समेत काम गरे ।

२०६५ सालमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको संस्थापक सचि भएका भट्ट २०६७ सालमा अध्यक्ष बने । २०७१ सालमा प्रेस चौतारी सेती अञ्चल सदस्य भएर काम गरेका उनले बुद्धिजीवी परिषदको सदस्य भएर पनि काम गरे ।

समाजसेवामा पनि सक्रिय रहेका भट्ट आफै गाँउमा रहेको बुढाकोट माबीको बिद्यालय व्यावस्थापन समितीको अध्यक्ष भएर स्कुलको सुधारका लागि सक्रिय भएर काम गरे । २०५८ सालमै अखिलको सदस्यता लिएका भट्टले नेपाल घरेलु महासंघको केन्द्रिय सदस्य हुदैँ महाचिव भएर काम गरिरहेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य भएर काम गरेका भट्ट प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य भटट्ले पत्रकारतिा गर्दा समाजमा देखेका समस्या, विकृतीको अन्त्य र समाज रुपान्तरण सहित पार्टीमा युवाको सक्रियता बढाउन जिल्ला सदस्य खुलामा उम्मेद्धारी दिएको सुदुरआजलाई बताए ।