मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा सबै भन्दा बढी पञ्चदेवल नगरमा १४ सय नयाँ मतदाता थप

अछाममा सबै भन्दा बढी पञ्चदेवल नगरमा १४ सय नयाँ मतदाता थप

अछाममा हाल सम्म कुल १ लाख ५६ हजार जना मतदाता रहेका छन


निर्वाचन कार्यालयमा प्रयाप्त जनशक्ति नहुँदा संकलन कार्यमा समस्या

अछाम : फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरु देशभरीनै बढेका छन । जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका हुन् ।

अछाम जिल्ला भरी ८५ हजार ९ सय ९३ महिला, ७६ हजार ९९ पुरुष र २ जना तेस्रो लिङ्गि गरि कुल संख्या १ लाख ५६ हजार ६ सय ९४ जना मतदाता रहेका छन । मंसिर १७ गते यता पुष ८ गते सम्म कार्यालयको तथ्याङ्कमा करिब ३ हजार मतदाताले नाम दर्ता गराएका निर्वाचन कार्यालय अछामका निर्वाचन अधिकृत कृष्ण सिंह नायकले जानकारी दिए ।

अधिकृत नायकका अनुसार विभिन्न निर्वाचन कार्यालय,जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा नामावली संकलन कार्य निरन्तर रहेकाले बाँकी तथ्यांक आउन थोरै समय लाग्ने भएको छ । जिल्लाका १० वटै पालिका मध्य सबै भन्दा बढी पञ्चदेवल विनायक नगरपालिकामा १४ सय जनाले नाम दर्ता गराएका छन ।

पुष ९ गते देखि हाल सम्म मात्रै इलाका प्रशासन कार्यालय विनायकमा १ सय ८४ महिला र २ सय ८४ पुरुष गरि ४ सय २७ जनाले नाम दर्ता गराएको इलाका प्रशासन विनायकका कर्मचारी सिर्जना शाहीले बताईन ।

पौष ८ गते सम्मको तथ्यांक अनुसार कमलबजार नगरपालिकामा २ सय ४९,चौरपाटी गाउँपालिकामा २ सय ४१, ढकारी गाउँपालिकाका १ सय, बान्नीगढि जयगढ गाउँपालिकामा २ सय ५३, रामारोशन गाउँपालिकाका ३ सय ४, पञ्चदेवल विनायक नगरपालिकामा ९ सय ८७ जना,साँफेबगर नगरपालिकामा ४ सय १२ जना,तुर्माखाँद गाउँपालिकामा १ सय १६ र मेल्लेख गाउँपालिकामा २ सय २८ जनाले नाम दर्ता गाएको निर्वाचन अधिकृत नायकले सुदूरआजलाई जानकारी दिए ।

जिल्लाका सबै स्थानीय पालिकामा मंसिर १७ गते देखी पुष ८ गते सम्म विशेष कार्यक्रम अन्र्तगत फोटो सहितको मतदाता नामावली संकलन भएको थियो । नयाँ तथा छुट भएका व्यक्तिलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाट बाँकी रहेकाहरुको नामावली संकलन कार्य भैरहेका अधिकृत नायकले जानकारी दिए ।

निर्वाचन आयोगले पनी प्रयाप्त तथा अनुभवी टोली नपठाउँदा कमर्कचारी आफै तथा सेवाग्राहीलाई समेत सास्ती भैरहेको छ । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको मतदाता नामावली सङ्कलन कार्य देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट भइरहेको छ ।