देश

छाेराको जन्म दिनमा अधिकृत खड्काद्वारा पिडित परिवार लाई आर्थिक सहयोग

अछाम : जिल्लाको मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले आफ्नो छोराको जन्म दिनकाे अबसरमा पिडित परिवार लाई आर्थिक सहयोग गरेका छन्।

छाेरा बिधित खड्काकाे जन्म दिनकाे अबसरमा मेल्लेख गाउपालिका वडा न ५ बिन्धेबासिनि बनघर निबासि मृतक रंगे सार्किको परिवारलाई नगत रु ५ हजार सहयोग गरेका हुन् । उनले छाेरा बिधित खड्काकाे हात बाट नगद रु ५ हजार सहयोग गरेका छन ।

राेजगारकाे शिलशिलामा भारत गएका सार्की यहि पुष १५ गते भारतकाे मुम्बईमा गाडि दुर्घटनामा परि मृत्यु भएकाे थियाे । थाेरै भएपनि मृतक परिवारको घाउमा मलमपट्टि क्रिया खर्च स्वरुप सहयोग गरिएकाे उनले बताए।

जन्म दिनकाे अबसरमा फजुल खर्च गर्नु भन्दा पिडितका परिवारलाई लाई थाेरै भएपनि राहत हाेस भन्ने उदेश्य ले सहयोग गरेकाे प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले बताए।

साे रकम मृतक कि छाेरि सिर्जना सार्की लाई हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इलाका प्रहरी कार्यालय विनायकले ‘तपाईको मास्क खोई’ अभियानलाई निरन्तरता दिने
सुदूर र कर्णालीकोे सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना, चौखुट्टेमा पनि स्वास्थ्यकर्मी खटाईयो
अछामका प्रजिअ सहित ५ जनामा कोरोना : आकस्मिक बाहेकका सबै सेवा बन्द
माघी पर्वको अवसरमा भोली सुदूरपश्चिमभर बिदा