प्रदेश समाचार

पत्रकारले जनतालाई कोभिडका बारेमा सचेत गराउने काम प्रशंसनिय छ : भण्डारी

अछाम । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

प्रदेश समितीका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति मंगलसेन नगरपालिकाका प्रवक्ता एवंम वडा नं. ६ का अध्यक्ष जनकराज भण्डारी रहेका थिए । प्रमुख अथिति भण्डारी आम नागरिकलाई सुसुचित पार्न पत्रकारको भुमिका जहिले पनि महत्वपूर्ण हुने उल्लेख गरे ।

कोरोना कहरमा समेत पत्रकारहरुले आफुलाई जोखिममा राखेर भए पनि जनतालाई कोभिडका बारेमा सचेत गराउने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । अहिले पनि कोभिडको जोखिम कायमै रहेको भन्दै यसमा जनतालाई सुसुचित पार्न सकरात्मक भुमिका खेल्नुपर्नेमा भण्डारीको जोड थियो ।

नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष समेत रहेको भण्डारीले समाज परिर्वतन र रुपान्तरणका लागि पत्रकारको भुमिका हुने भन्दै त्इस तर्फ समेत सक्रिय रहन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका संस्थापक अध्यक्ष अर्जुन शाहले कोभिड १९ को क्रममा पत्रकारले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएका थिए । साथै उनले सुदुरपश्चिम प्रदेशमा पत्रकारको अवस्थाका बारेमा समेत प्रस्तुती गरेका थिए ।

यस्तै स्वास्थ्य कार्यायल अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले अछाममा कोभिडको अवस्था र खोपको अवस्थाका बारेमा जानकारी गराएका थिए । कोभिड रोकथाम गर्न र खोप लगाउन प्रेरित गर्न संचार माध्यमले अछाममा ठुलो सहयोग गरेको भन्दै धन्यवाद दिए । सामाजिक विकास मन्त्रालयको सहकार्यमा महासंघ प्रदेशले कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इलाका प्रहरी कार्यालय विनायकले ‘तपाईको मास्क खोई’ अभियानलाई निरन्तरता दिने
सुदूर र कर्णालीकोे सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना, चौखुट्टेमा पनि स्वास्थ्यकर्मी खटाईयो
अछामका प्रजिअ सहित ५ जनामा कोरोना : आकस्मिक बाहेकका सबै सेवा बन्द
माघी पर्वको अवसरमा भोली सुदूरपश्चिमभर बिदा