प्रदेश समाचार

शैक्षिक गुणस्तर सुधारका लागि मंगलसेन नगरपालिका स्कुल स्कुलमा अन्तरक्रिया गर्दै

टेकराज भण्डारी : अछाम

मंगलसेन नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सेवा क्षेत्रका विद्यालय विद्यालयमा अन्तर्क्रिया गरिरहेकाे छ । मंगलसेन नगरपालिकाले अभिभावक, शिक्षक र विद्यार्थीसँग नियमित अन्तरक्रिया जारी राखेको छ ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा नगरपालिकाका १४ वटै वडामा एक विद्यालय छनोट गरि पौष २६ गते सम्पन्न गर्ने गरि पौष १३ गतेबाट निरन्तर जारी रहेको छ । जस अन्तर्गत आज मालिका आधारभूत विद्यालय मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलनसेनमा अन्तरक्रिया गरिएको छ ।

विद्यालय ब्यबस्थापन समिति हेमराज भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहेकी थिइन् कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख उपाध्यायले शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको भुमिका महत्त्वपूर्ण रहने बताइन् । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा अभिभावकको समेत भुमिका हुने भएकाले चेतना विकासमा जोड दिनुपर्नेमा उनले जोड दिइन् ।

सामुदायिक विद्यालयमा गरिब तथा न्यून आयस्रोत भएका परिवारका बालबालिका भर्ना हुने भएकाले निरन्तर टिकाउन गार्‍हो रहेको बताइन् । कार्यक्रमका बिशिस्ट अतिथि वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि सबै सराेकारवाला सक्रिय हुनुपर्ने बताए ।

सिमित श्राेत र साधनका बाबजुत शिक्षा क्षेत्रकाे विकासका लागि वडा कार्यालय लागिरहेकाे उनको भनाइ छ । अर्का बिशिस्ट अतिथि गैरसरकारी संस्था महासंघका काेषाध्यक्ष तथा अधिकारकर्मी बिन्दु रावलले छाेरा र छाेरीमा विभेद नगरी समान रुपले शिक्षा प्राप्त गराउन अभिभावकले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य भावना विक, वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, नरपति भण्डारी, विद्यालयका संस्थापक टंकप्रसाद भण्डारी, व्यवस्थापन समितिका सुवानाथ भण्डारी, व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा समग्र विद्यालयको प्रतिबेदन सहित शैक्षिक अवस्था, सिकाई उपलब्धि, शैक्षिक सुधारका लागि गरिएका प्रयास, समस्या लगायतका विषयमा जानकारी गराईएकाे थियाे । मंगलसेन नगरपालिकाका शिक्षा अधिकृत जगतबहादुर रावलले कार्यक्रमकाे उद्देश्यका बारेमा जानकारी गराउँदै कक्षाकाेठाकाे सिकाई क्रियाकलाप प्रभावकारी बनाउनु पर्नेमा जाेड दिए ।

सामुदायिक विद्यालयकाे गुणस्तर बढाउनुपर्ने भन्दै राज्यकाे लगानी, अभिभावकाे भावना तथा विद्यार्थीकाे चाहनालाई मुर्त रुप दिन सबै सराेकारवाला प्रतिबद्ध हुनुपर्नेमा उनको जाेड छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इलाका प्रहरी कार्यालय विनायकले ‘तपाईको मास्क खोई’ अभियानलाई निरन्तरता दिने
एउटी ‘दुर्लभ’ बघिनीप्रति शब्दश्रद्धा
भोलीदेखि देशभर वर्षा र हिमपातको सम्भावना
सुदूर र कर्णालीकोे सिमाना बेलखेतमा हेल्थ डेस्क स्थापना, चौखुट्टेमा पनि स्वास्थ्यकर्मी खटाईयो