अन्तरवार्ता / विचार

ह्याप्पी बर्थ डे आन्टी

आज हजुरको जन्मदिन सबैभन्दा पहिले जन्मदिनको मङ्गलमय शुभकामना आन्टी। ह्याप्पी बर्थ डे ।

बुद्ध जन्मिने बित्तिकै सात पाईला हिनेका थिए रे । त्यो ‘रे’ को कुरा हो । त्यो कुरा बिज्ञानले के भन्छ मलाई थाहा छैन । तर तपाईं हिन्न थालेदेखी वा पाईला चालेदेखी फर्किनु परेको छैन यो बिज्ञान सिद्ध कुरा हो ।

सामान्य परिवारमा जन्मिएको एक मान्छे के फर्किनै नपर्नेगरी प्रगती गर्छ त ? धेरैको मनमा यो पश्न उठ्न सक्छ । परिवर्तन,रुपान्तरण र मुक्तिका लागि चलेका पाईलामा ठक्कर नलागेको हैन । सामान्य भुईमान्छेबाट आम मान्छे बन्नु चानचुने कुरा हैन र थिएन । बर्ग बैरिहरुले खडा गरेका कैयौं षडयन्त्रका पर्खालहरु जब आफै भत्किन थाले। तिनका बुनेका जालमा गोलचक्कर लगाउदै तिनिहरु ( बर्ग बैरीहरु) नै पर्न थाले । टुट,फुट र खण्डित भएर बर्गमुक्तिको लागि छरिएर यात्रारत आफन्त र सद्भाव राख्नेहरु ध्रुबिकृत हुन थाले ।

अनि सहकार्यमा जुट्न थालेपछी र देबि रुपि आमाको सधै आशिर्वाद सिरमा भयो भने स्वभाबिकै पछाडी फर्किनु पर्दैन । सुदुरको गाउँमा अभाव र प्रभावका बिचमा हुर्किएको मान्छे सानो उमेरमा राजनैतिक र सामाजिक रुपमा स्थापित भएको देखेर हामी गर्व गर्छौ । युग नै माओबादी बनेको त्यो बेला त्यसैमा अखिल र अखिल क्रान्तिकारी मिलेर चुनाव लड्दा पनि पन्चदेवल क्याम्पसमा स्वबियु सभापती हुनु ।

दुरदराजको महिला नेबिसंघको केन्द्रमा चुनाव जित्नु । आम नगरबासीको बिश्वास मतका रुपमा प्रकट भएर उप-प्रमुख जित्नु र आम प्रदेश भरिका काङ्ग्रेस नेताहरुको नम्बर वान रोजाईमा तपाईं परेर सर्वाधिक मत सहित सहमहामन्त्रीमा निर्वाचित हुनु मेरो र समग्र हाम्रो गर्वको कुरा हो । यति भनिरहदा नातेदार भएर उक्साहटमा लेख्यो भन्ने पाठक पनि हुनुहोला । नाताका बिषयमा पनि भनिहाल्छु ।

नाता । शब्द मार्मिक छ । धार्मिक छ । पारस्परिक र हार्दिक छ । एउटै कुलमा जन्मेका, विवाहबाट जोडिएको पारस्परिक सम्बन्ध, गोत्र कुटुम्बको सम्बन्ध वा साइनुलाई नाता भनिन्छ । जीवनमा नाताहरु यस्तरी आउँदछन् कि को कतिबेला कसरी आउँछन् थाहै हुँदैन । मन परे पनि नपरे पनि नाताहरु, नातेदारहरु भेटिन्छ, बोलिन्छ । जीवनमा धर्म, मर्म, पर्वमा नातेदार भेटिरहनु पर्दछ ।

रगतको नातासँगै भावनाको नाता भयो भने त्यहाँ झन् बढी हार्दिकता, प्रेम र समर्पण हुन्छ, हुँदोरहेछ । स्नेह र माया नातादारी भयो भने नाताको गाथा अझ मज्जाले बढ्दछ, बढ्दोरहेछ । हामी आमा चेला हौ । आमा छोरा मात्र हैन उहाँ मेरो आईडल हो । मेरो आदर्श हो । मेरो जिवनको ‘सनसाईन’ हो । म उहाको राजनैतीक कार्यकर्ता पनि हु । यति किन भनिरहेको छु ? यस्तो लाग्छ, सकारात्मक मान्छेहरु जीवनमा जब आउँछन् उनीहरुले कालो बादलमा पनि सुर्य देखाउँछन् । त्यसपछि मान्छेले उसलाई धेरै विश्वास गर्छन् ।

जसका कारण उसलाई आफूसँग आफ्नै विश्वास बढ्दै जान्छ । जब आफूसँग आफ्नो विश्वास बढ्छ, संसारले ऊसँग विश्वास बढाउदै लैजान्छ । उहाको सामान्य जीवनदेखि असमान्य जीवनसम्मको जानकार म भएर होला उहाँ मेरो आदर्श हो । आज तपाईंको फेसबुक वालभरी शुभकामनाका ओईरो देखेर मन प्रफुलित मात्र हैन छात्ती फुलेको छ ।

हिम्मत, आट र साहस तपाईबाट सिक्नु पर्दछ । तपाईलाई लक्ष्यलाई पहिल्याउने प्रेरण मिलोस्,मेरो शुभकामना । तपाईं सङ्ग आँट र भरोसा छ सञ्जिवनी बुटी जस्तै मेटेर नमेटिने कहिल्यै । मेरो मात्र हैन । तपाईका प्रती सुभेच्छा राख्ने सबैको । जो सहयात्री बनेर तपाईं सङ्गै होमिएका छन । जो आफ्नो नेता भनेर मतको आशिर्वाद थपिरहेका छन । सबै सबैको । त्यसलाई मर्न नदिनुहोला ।

पुषमा जन्मिनु भएको तपाईं । म पनि पुषमै जन्मिएको । २३ गते म पनि अर्को बर्षमा पुग्नेछु । पढेको थिए पुसमा जन्मेकाहरु आत्मिक शक्ति भयेका,कडा परिश्रमि ,संबेदनसिल ,मनोरञ्जन मन पराउने ,गतिशील , लक्ष्य उन्मुख हुन्छ्न भनेर । तपाईमा ठ्याक्कै मिल्दो रैछ । श्रदय अन्टि यो पुस हो । मैले अघिनै भनिसके आम मान्छे बन्नु चानचुन कुरा छैन । तपाईको जन्म महिना मात्र हैन यहाँ बाह्रै महिना कस्टकर जीवन बाचिरहेका मान्छेपनी तपाईकै मान्छे हुन । जो पुषको हिउँ सङ्ग जीवन कटाउछन चैत्र बैसाखमा गर्मी सङ्ग लेक बेसि गर्छन ।

जो पेट पाल्नु नै जीवन सम्झिन्छन । हो तिनिहरुका लागि केही न केही गर्नुपर्छ तपाईले । राजनिती जनताका निम्ति भन्नेहरु सबैछन गर्नेहरु कम छन । तपाईं गर्नेहरुको लिस्टमा पर्नुपर्छ । सम्झिनुस पुषको कठ्याङ्रीदो जाडोमा कालेकाडा बारलाका लेकमा हिउँ माथी बाख्रा चराउनेहरुको पीडा के होला । अक्सरे भिरमा घाँस काट्न गएर नफर्किएकाहरुको घरको अवस्था के होला । कोभिडले छाक न बास भएर बम्बैबाट फर्किएकाहरुको दैनिकी कस्तो होला ।

एकातिर पढाइ अर्कोतिर कालापानीमा चिनी बोकेर मदिरा लिएर फर्किने बालबालिकाहरु किन त्यस्तो गर्छन होला । बेरोजगारी फाराम भर्नकोलागी बिएड पढेकाहरुको सङ्ख्या किन बढ्दैछ होला । छाउगोठमा रात बिताउनेहरुको मन कति रोएको होला । यी सवालको समाधान खोज्न अबको यात्रा हुनु पर्छ तपाईको । जन्मदिनमा धेरै चुनौतिका कुरा नलेखौ तर ईतिहास रच्नेहरुको जीवन चुनौतीपूर्ण हुन्छ । धर्तीमा सबैभन्दा लामो आयु इतिहासको हुन्छ । कारण इतिहासमा सबै कुरा अटाउँछ । आफ्नो कर्म इतिहासमा लेखाउन सफल हुनुस । म त भन्छु तपाईको कर्मले सबैको आँखाको नानी हुनुस।’ माथी मैले लेखेको मेरो आशा हो ।

आशा यत्ती मात्रै पनि छैन । बस मेरोजस्तै आसा गर्नेहरुको आसा मर्न नदिनुस । ‘जीवन सुन्दर छ । कारण संसारमा सुन्दर मान्छे छन् । नामले, रुपले वर्णले र जातले भन्दा पनि कर्मले हुने सुन्दरता अमर हुने रहेछ । त्यसैले त कालो वर्णका नेल्सन मण्डेला जनताको मनमा बाँचेका छन् । १५ वटा हिट फिल्म लगातार दिएका राजेश खन्ना भारतीय पहिलो सुपरस्टार मानिन्थे । उनी सुकेर मरे । विनोद खन्नाको त्यही हाल थियो । बाहिरी सुन्दरता मरे पनि कर्मकै कारण दुबैलाई आज पनि फिल्ममा देख्न सकिन्छ ।’ त्यो कर्म हो ।

जति बढी मान्छेलाई आफ्नो प्रकाश छरेर अरुलाई उज्यालो बनाउँछौ, त्यत्ति नै हामी सुर्य जस्तै हुन्छौ । जीवन त हो, अगाडि बढिरहन्छ । हरेक जीवनका घटना राम्रैका लागि घट्दछन् । मान्छेले त्यसलाई धैर्यपूर्वक र इमान्दारीपुर्वक हेर्न जान्दैन र मात्र ऊ डराउँछ । नकरात्मक होस् वा सकरात्मक जीवनका एक–एक घटनाले मान्छे बनेको हुन्छ । केही मान्छेले तपाईलाई दुख दिएको सम्झिन्छु ।

तिनको चेतना सम्झिन्छु । तिनको बिचार सम्झिन्छु । लाग्छ तिनिहरुले एक दिन मर्नेछु भन्ने बिर्सिसके । मृत्यु छ भन्ने भुलिसके । र मनमनै भन्छु । “ए ! मानिस ” के पाल्छस् सपना, तुच्छ रहर ! जब निदाउनु नै तेरो नियति हो भने । महापुरुषहरु खराव संसार काटेर सुन्दर संसार बनाउँछन् र उनीहरुलाई भेट्दा जीवन सुन्दर लाग्छ । तपाईं पनि घरको, समाजको हुँदै देशको र विश्वको सुन्दर मान्छे बन्नु ।

जिन्दगी सुन्दर छ । सारा पृथ्वी र सिंगो ब्रम्हाण्ड हामीलाई सुन्दरता बर्र्षाईरहेका छन् । सारा मानव जातिका विभिन्न पेशा व्यवसायले हामीलाई कसरी सुन्दर पारौ भनेर कुदिरहेका छन् । तपाईको कर्मले तपाईलाई झन् सुन्दर पारिरहेको छ । जीवनमा अंकभन्दा अर्थ बढी महत्वपूर्ण हुन्छ । त्यसैले कति बर्ष कटाउछौ भन्दा जति बर्षपुगेपनी अर्थपूर्ण बाच्नु नै बिद्द्ता हो । कमि केही छैन बौद्धिक हुनुहुन्छ । पढाईलेखाई राम्रो छ । त्यसैले त तपाईं र अरु राजनितिकर्मी मा फरक देख्छु विद्धतामा अहंकारको लेस हुन्छ ।

अन्तमा …………… आपत बिपदमा हरेस नखानुहोला, आफुमाथी बैरी खनिएको देख्दा फलेको बृक्षमा मैले पनि त ढुङ्गा हान्छु सोच्नुहोला , दुखमा साथ दिएकाहरु नै असली आफ्ना हुन उनिहरुलाई नदुखाउनुहोला । उज्वल भबिस्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना अन्टि ।

गो अहेड । – रमेश रावत

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सरकारले एन जि ओ ले गरेका कामको अनुसरण गर्नुपर्छ : उपप्रमुख रावल
कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो १७ अस्पताल
नङको रङ कस्तो छ? थाहा हुन्छ धेरै स्वास्थ्य समस्या
म अझै हुर्किन बाकी छ आमा !