मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा राष्ट्रिय गौरवका योजना र विकास निर्माणका काम बर्षौ देखि अधुरै रहे : सरोकारवाला

अछाममा राष्ट्रिय गौरवका योजना र विकास निर्माणका काम बर्षौ देखि अधुरै रहे : सरोकारवाला


अछाम : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्वनाथ पौड्लले अछाम जिल्लाका सरोकारवाला संग छलफल गरेका छन् । उपाध्यक्ष पौड्लले अछाम जिल्लाका विकास निर्माण तथा अन्य आयोजनाका बारेमा छलफल गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशका विकास निर्माणका योजना, राष्ट्रिय गौरवका योजना तथा अन्य विकास निर्माणका काम तथा आवश्यक योजनाका बिषयमा छलफल गर्न प्रदेशका ९ वटै जिल्ला भ्रमण गर्ने क्रममा पौड्ले अछाम जिल्ला पुगेका हुन् ।

उनले सो अवसरमा अछाम जिल्लामा भईरहेका विकास निर्माणको स्थिती र आवश्यक योजनाका बिषयमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख तथा स्थानिय पालिकाका प्रमुख तथा उपप्रमुख संग छलफल गरेर आवश्यक सुझाब लिएका हुन् ।

अछाम जिल्लाको सम्रग विकास निर्माणका अवस्था र समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनीले जानकारी गराएका थिए । प्रजिअ मरासैनीले सेती लोकमार्गको काम तत्काल अघि बढाउनु पर्ने, मध्य पहाडी राजमार्गका बिभिन्न खण्डमा गएका पहिरो पन्छाएर सड्क सफा गर्नुपर्ने, कर्णाली चिसापानी जंगलघाट सड्कको काम अघि बढाउनु पर्ने, सड्क डिभिजन कार्यालय साँफेबगरले राम्रो संग काम नगरेको गुनासो लगायका बिषयमा उपाध्यक्ष पौडललाई जानकारी गराएका थिए ।

जिल्लाको सदरमुकाम मंगलसेनबाट हरेक पालिकाको केन्द्रसम्म कालोपत्रे बाटो हुनुपर्ने, बुढीगंगा जलबिधुत, माथिलो कर्णाली जलबिधुत र बेतन कर्णालीमा मुआवजाका बिषयमा भईरहेको बिबाद अन्त्य गरी ३ वटै आयोजनाका काम अघि बढाउनु पर्ने जिल्लाका सरोकारवालाहरुको मागलाई प्रजिअ मरासैनलीले जानकारी गराएका थिए । कार्यक्रमा सहभागी अन्य सरोकारवालाले पनि आ आफ्नो क्षेत्र संगै जिल्लाका सम्रग विकास निर्माणका सवालमा कुरा उठाएका थिए ।

जिल्लाका सबै पालिका सुद्ध खानेपानीको समस्या, २०६३ सालमा सुरु भएको अछाम दरवारको कामले पुर्णता नपाएको कुरा, अधुरा रहेका स्वास्थ्य चौकीको भवन निर्माण, ठेकेदारको लापरबाही, जिर्ण बिद्यालयका भवन, पालिकाका मुख्य सड्क १२ महिना सुचारु हुनुपर्ने लगायतका माग स्थानिय पालिकाका प्रमुखले माग राखेका थिए ।

नेपालका चारधाम मध्येको एक बैधनाथ क्षेत्रको विकास, कटान रोक्न बुढीगंगामा तटबन्धन, रामारोशन पर्यटकिय क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यावस्था गर्नुपर्ने माग राखेका छन् । जिल्ला अस्पताल र बयालपाटा अस्पतालको दिर्घकालिन संचालनका लागि नियमित र आवश्यक बजेट व्यावस्था गर्नुपर्ने समेत माग गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले बताए ।

जिल्लाको पर्यटन विकासको रुपमा रहेको साँफेबगर एयरपोर्टको विस्तार गरी स्तर उन्नती गर्नुपर्ने, कमलबजार एरपोर्ट सुचारुको लागि धावन मार्ग पिच सहित अन्य का मगर्न बजेट बिनियोजित गर्नुपर्ने लगायतका माग पनि राखेका थिए ।

यस्तै जिल्लाका बिभिन्न ठाँउमा पहिरोले गर्दा बस्ती नै स्थान्तरण गर्नुपर्ने भएकाले त्यसको लागि समेत आवश्यक बजेट व्यावस्था गर्नुृपर्ने माग उठेको थियो । यस्तै बिपत न्युीनकरणका लागि जिल्लामा आवश्यक श्रोत साधन समेत नभएकाले त्यसको समेत पहल गर्नुपर्ने लगायतका माग जिल्लाका सरोकारवालाले राखेका थिए ।