मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी नेता कुवँरद्धारा ‘एञ्जिला ट्रष्ट’ स्थापना गर्ने घोषणा

समाजसेवी नेता कुवँरद्धारा ‘एञ्जिला ट्रष्ट’ स्थापना गर्ने घोषणा

ट्रष्टले परोपकारी र समाजका लागि काम गर्ने उद्घोष


ट्रष्टले परोपकारी र समाजका लागि काम गर्ने उद्घोष

अछाम । समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता कृष्ण कुवँरले आफ्नो छोरीको जन्म दिनको अवसरमा ट्रष्ट स्थापना गर्ने घोषणा गरेका छन् । आफ्नो छोरी एञ्जिला कुवँरलको १८ आँै जन्मत्सोवको अवसरमा एञ्जिला ट्रष्ट स्थापना गर्ने घोषणा गरेका हुन् ।

हरेक समयमा बिभिन्न सामाजिक कार्य गर्दै फरक पहिचान बनाएका कुवँरले समाज सेवा र रुपान्तरणका लागि आफुले छोरीको जन्म दिनको अवसर पारेर ट्रष्ट स्थापना गर्ने उद्घोष गरे । आज साँफेबगरमा पत्रकार सम्मेलन गर्दै कुवँरले छोरीको जन्म दिनमा एञ्जिला ट्रष्टका लागि १ लाख १ हजार १ सय ११ रुपयाँ जम्मा गर्ने समेत उनले घोषणा गरेका छन् ।

पहिलो चरणमा उक्त रकम ट्रष्टको नाममा राख्ने र विस्तारै सो रकम बढाउदै लैजाने समाजसेवी नेता कुवँरले बताए । माघ महिना भित्रै ट्रष्टको दर्ता पक्रिया पुरा गरि आदिकारिक रुपमा संचालन गर्ने उनेल बताए । उनले ट्रष्टले समाज रुपान्तरणमा प्रयोग गरिने बताए ।

शिक्षा, स्वास्थ्य असाह्य, दुखी गरिब तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग गर्न सामाज र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने धारणाले यो कार्यको सुरुवात गरेको उनले बताए । दैबि प्रकोपमा समेत ट्रष्टले काम गर्ने कुवँरको भनाई छ । यसअघि बिभिन्न जन्मदिन लगायतका अन्य अवसरमा सामाजिक तथा परोपकारी का मगर्दै आएका कुवँरले अब एकद्धारा प्रणाली मार्फत सो काम गर्नुपर्छ भन्दै ट्रष्टकाो स्थापना गर्ने सोच बनाएको बताए ।

बिगत ९ बर्ष देखि विभिन्न माध्यमबाट सामाजिक तथा परोपकारी काम गर्दै आईरहेको छु कवँरले भने उक्त कामको निरन्तरता दिन अब ट्रष्ट मार्फत अघि बढ्ने बताए । ट्रष्ट कुनै व्यक्तगत नभई सबैलाई समेटर समाज परिर्वतनका लागि काम गराईने उनको भनाई छ ।

ट्रष्टमा देश बिदेशमा रहेका नेपाली दाजुभाईले सहयोग गर्न सक्ने र उक्त सहयोगलाई समाजसेवामा प्रयोग गरिने उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका सदस्य तपेन्द्र कुवँरले कुवँरको कामले आफु निकै प्रभावित भएको भन्दै सबैलाई समाजसेवामा लाग्ने प्रेरणा मिलेको बताए । उनले सबै नागरिकले सामाजेवी कुवँरको कामलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीले समाजसेवी कुवँरले सुरुवात गरेको समाजसेवाको कामलाई अरुले पनि अनुसरण गरेको खुशी व्यक्त गर्दै यस्ता प्रकारका काम जो कोहीले गरे समाज परिर्वतन हुनेमा बिश्वास व्यक्त गरे ।

सामाजिक कार्यका लागि कुवँरलाई धन्यवाद दिदै अध्यक्ष खत्री आगामी दिनमा समेत यस्तै काम मार्फत सक्रिय भएर लाग्न आग्रह गरे । ट्रष्ट स्थापना गरेर आदिकारिक रुपमा अघि बढ्नु राम्रो पाटो भएको भन्दै खत्रीले सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका सदस्य तारामान खड्का, प्रेस चौतारी नेपालका जिल्ला उपाध्यक्ष एकेन्द्र महता, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष डण्डी भट्ट, खप्तड न्युजका रमन भट्ट लगायतको सहभागीता रहेको थियो ।