मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ३ ठाँउमा निशुल्क आँखा शिबिर संचालन हुदैँ

अछामका ३ ठाँउमा निशुल्क आँखा शिबिर संचालन हुदैँ


अछाम । जिल्लाका बिभिन्न ३ ठाँउमा निशुल्क आखाँ शिबिर संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय अछाम र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा शिबिर हुन लागेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यहि पौष १८ गते देखि २६ गते सम्म जिल्लाका ३ ठाँउमा शिबिर संचालन गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

उनका अनुसार पौष १८ देखि २० गते बयालपाटा अस्पतालमा, पौष २२ देखि २३ गते प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा र पौष २५ देखि २६ गते जिल्ला अस्पताल मंगलसैनमा शिबिर संचालन हुनेछ ।

शिबिरमा मोतिबिन्दु लगायत आँखाका रोगीहरुको निशुल्क अप्रेशन हुनुका साथै औषधी उपचार गरिने अधिकृत ढुंगानाले बताए ।

आँखामा समस्या भएका बिरामीहरुले शिबिर संचालन हुने ३ ठाँउमा जसलाई जहाँ पायक पर्छ त्यस ठाँउमा गएर उपचार गराउन ढुंगानाले अनुरोध गरेका छन् ।