मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०२१ का सबैभन्दा महत्वपूर्ण पेशाकर्मीहरुको सूचीमा देवयानी राणा पनि

२०२१ का सबैभन्दा महत्वपूर्ण पेशाकर्मीहरुको सूचीमा देवयानी राणा पनि


काठमाडौं । ‘रेपुटेसन्स टुडे’ को १०० शिर्ष महत्वपूर्ण पेशाकर्मीहरुको सूची चौथो वर्षका लागि सार्वजनिक गरिएको छ । 

यसको मुख्य उद्देश्य भनेको युवा पेशाकर्मीहरुलाई ती व्यक्तिहरुको पहिचान दिलाउनु हो जसको यात्रा उनीहरुका लागि प्रेरणा बन्न सक्छ । त्यो सूचीमा देवयानी राणा पनि परेकी छन् ।

उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छन् ।

देवयानी भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क सञ्चार एवम् दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्ष चयन भएकी थिइन् ।

राणा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराकी छोरी हुन् ।

यसलाई पहिलोपटक २०१७ मा सुरु गरिएको थियो । यो वर्ष चाहिँ यसले अग्र २५ पेशामर्कीहरुको सूची तयार पारेको छ जसमा स्वर्गीय नरेश कुमारको नाम पनि समावेश गरिएको छ । 

यसमा सबैभन्दा शीर्ष स्थानमा रिलायन्स इन्डस्ट्रिजका रोहित बन्साल रहेका छन् । रोहित बन्सल विगत सात वर्षदेखि भारतको सबैभन्दा मूल्यवान् कम्पनीको कोर्पोरेट कम्युनिकेसन्स समुहको प्रमुख रहँदै आएका छन् । 

यसपछि दोस्रोमा एडफेक्टर्स पीआरका मदन बहाल रहेका छन् । मदन बहालले दुई प्रतिस्पर्धी भन्दा ठूलो कम्पनी निर्माण गरि भारतका शिर्ष ६ मध्ये चार ठूला कंग्लोमरेट्स टाटा, गोदरेज, अदित्य बिर्ला र महिन्द्रा सहितका विश्वसनीय सल्लाहकार मानिँदै आएका छन् । 

यसैगरी सूचीको तेस्रोमा पर्फेक्ट रिलेसन्सका दिलिप चेरिअन, चौथोमा अमेजोन इन्डियाकी मिनारी शाह अनि पाचौँमा जेनेसिस बीसीडब्लूकी दिपशिखा धर्मराज रहेकी छन् । 

यसको शिर्ष १०० सूची भित्र गुगल, फेसबुक र माइक्रोसफ्टका पेशाकर्मीहरुको नाम पनि समावेश छ ।