मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकल महिला, अति जोखिममा परेका र आयस्रोत न्यून भएका ब्यक्तिलाई बाख्राहरु वितरण

एकल महिला, अति जोखिममा परेका र आयस्रोत न्यून भएका ब्यक्तिलाई बाख्राहरु वितरण


अछाम : वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारिमा संचालित उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजनाले ब्यबसाय पुनर्स्थापन सहयोग गर्दै आइरहेको छ।

जस अन्तर्गत मेल्लेख गाउँपालिका ३, ४,५,६,७, ८ नम्बर वडा र साँफेबगर नगरपालिका ४ नम्बर वडाका १५ जना एकल महिला, अति जोखिममा परेका आयस्रोत न्यून भएका ब्यक्तिलाई प्रती ब्यक्ति ४ ओटा बाख्राहरु वितरण गरिएको छ।

वितरण गरिएको बाख्राको जम्मा केजि १५१८ रहेको र जम्मा रकम रु ५,९२,०२० रहेको थियो । वाक नेपाल र सो कार्यक्रम तथा सहयोग को उदेश्य सहित प्रती के जि बाख्राको मूल्य तथा क्रियाकलाप को लेखा परिक्षण को बारेमा वाक नेपाल का लेखा संयोजक ईश्वर उपाध्यायले जानकरी दिए।

वाख्राको स्वास्थ्य परिक्षण लगायत विभिन्न रोग तथा सो रोग निदानका बारेमा लाभान्वित ब्यक्ति लाई जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछाम का डाक्टर सौरभ पन्थले जानकरी गराएका थिए।

बाख्रा वितरण कार्यक्रम मा मेल्लेख गाउपालिका का वडा न: ७ का वडा अध्यक्ष नर बहादुर साउदले ब्यवसाय पुनर्स्थापना सहयोगको लागि गरिएको वाख्रा वितरण कार्यको प्रसङ्शा गरे।

उनले सेवा तथा वस्तुको सहि सदुपयोग गरि जिबिको पार्जनमा सहयोग पुग्ने गरि कार्य गरेको र लाभान्वित वर्ग ले सहि तवरले पालन गर्नु पर्ने बताए। वितरण कार्यक्रमको संचालन वाक नेपाल मा कार्यरत अनुगमन तथा मुल्यांकन संयोजक जगत रावलले गरेका थिए।

कार्यक्रम मा आपूर्ति ब्यबस्थापन अधिकृत अनुजा श्रेष्ठ, सामाजिक परिचालक रमेश भुल, बिस्नु बुड्थापा, भुपेन्द्र भन्डारी, दिपिका वड र कबिता साउद लगायत को उपस्थिति रहेको थियो ।