मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्बाधिक रुचाईएको चलचित्र ‘मंगलम’ यूटुबमा सार्वजनिक

सर्बाधिक रुचाईएको चलचित्र ‘मंगलम’ यूटुबमा सार्वजनिक


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका उदाउदा अभिनेता पुष्प खड्काद्धारा अभिनित चलचित्र मंगलम सार्वजनिक भएको छ । आईतबार हाईलाईट्स नेपालको युटुब च्यानल मार्फत चलचित्र सार्वजनिक भएको हो ।

नेपाली चलचित्र क्षेत्रमा अत्याधिक रुचाईएको चलचित्र युटुबमा सार्बजनिक भएको हो । नेपाली समाजको परिबेशलाई समेटेर तयार पारिएको कथा बस्तुमा अभिनेता खड्काले उत्कृष्ट प्रर्दशन गरेका छन् । अभिनेता खड्कको मुख्य भुमिका रहेको चलचित्रमा अभिनेत्री शिल्पा पोखरेल र मिथिला शर्माको पनि भुमिका रहेको छ ।
चलचित्रिमा अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाहको पनि अभिनय रहेको छ ।

चलचित्रमा अभिनेता खड्कको भुमिका सर्बोत्कृष्ट रहेको भन्दै २०७४ सालमा राष्टिय चलचित्र बोर्ड नेपालले सर्बोत्कृष्ट अभिनेताको पुरुस्कार प्रदान गरेको थियो ।