मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यावसायिक योजना निर्माण सम्बन्धि दुई दिने तालिम कमलबजारमा सम्पन्न

व्यावसायिक योजना निर्माण सम्बन्धि दुई दिने तालिम कमलबजारमा सम्पन्न


अछाम । व्यावसायिक योजना निर्माण सम्बन्धि दुई दिने तालिम कमलबजारमा सम्पन्न भएको छ । वल्र्ड भिजन र वाक नेपाल को साझेदारीमा संचालित उत्थानशिल जिबिका पार्जन तथा पोषण परियोजना को सहयोग मा तालिम सम्पन्न भएको हो ।

तालिम व्यावसायबाट आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरिएको जनाएको छ । विभिन्न व्यावसाय बाट दिगो विकास लक्ष्य पुरा गर्न विपन्न, अति जोखिम ,र आरसि बालबालिकाहरुका घरपरिवारको जिवनस्तर माथि उठाउन व्यावसायका लागि छनोटमा परेका व्यावसायिहरुलाई तालिम दिइएको परियोजनाले जनाएको छ ।

मागको आधारमा विभिन्न व्यावसाय संचालन गरि व्यावसाय बाट आम्दानि बढाउने पारिवारिक व्यावस्थापन पाटो बलियो बनाउने सो परियोजना को लक्ष रहेको छ ।

तालिम पछि व्यावसाय सुरु गर्ने परियोजना बाट छनोटमा परेकाहरुलाइ मागको आधारमा आवश्यक सामाग्री सहयोग गरिने जनाएको छ । तालिमको सहजिकरण धिरज ढुङ्खगाना खेमराज बडुवाल, राम बिष्ट गरेका थिए भने २ दिने तालिममा कमलबजार नगरपालिकका वडा नं १,२,३,४,र ५ का गरि जम्मा १५ जना व्यावसायि हरुको सहभागिता रहेको थियो ।