मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मान्छे जोगिन पनि जोगाउनु परेको छ मौरीलाई

मान्छे जोगिन पनि जोगाउनु परेको छ मौरीलाई


मौरीलाई महको बारेमा धेरै कुरा थाहा हुन्छ भन्ने कुरा आश्चर्यको कुरै भएन। मौरी महका उत्पादक मात्र होइनन्, महका उपभोक्ता पनि हुन्। आर्थात् मौरी पनि मह खान्छन्। त्यति मात्रै होइन, मह खाने कुरामा मौरीहरु सौखिन हुन्छन्। यदि कुनै बिरामी मौरीलाई मह छनोट गर्न दिइयो भने उसले त्यो जातको मह रुचाउँछ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ।

अर्काेतर्फ मानिसले महमा हुने पौष्टिक तत्वको बारेमा धेरै कुरा गर्न सक्छन्। ‘केही दशक अघिसम्म आधारभूत पोषणभन्दा बाहेकका सहयोगी खानामा मान्छेहरुले महलाई उल्लेख नै गर्दैनथे,’ इलिनोइज विश्वविद्यालयका कीटविज्ञ मेइ बेरिनबअम भन्छिन्, ‘मौरीपालक मात्र होइन केही मौरी विज्ञ पनि महलाई चिनी पानी मात्रै मान्थे।’

लामो समयदेखि भएको अध्ययनले मौरीको महमा स्वास्थ्यलाई सहायक हुने वनस्पतिका रासायनिक तत्वहरुले भरिपूर्ण हुने प्रमाणित गरिसकेको छ। महमा भएका पोषक तत्वहरुले मौरीलाई लामो समयसम्म जीवित राख्न, अति चिसो वातावरण तथा संक्रमणहरुसँग लड्न र घाउ निको पार्ने क्षमता बढाउँछ।

पछिल्ला अध्ययनहरुमा के पाइएको छ भने मौरीले बासस्थानको विनास, किटनाषक तत्वहरुको प्रयोग तथा परजिवीका कारण अस्तित्वको संकटसँग जुधिरहनुपरेको छ।

‘वास्तवमा मह कति लाभदायक तत्व हो भनेर मानिसहरुले यसको महत्व नै बुझ्न सकेका छैनन्,’ कीटविज्ञ मेइ बेरिनबअम भन्छिन्। यो पाउरोटीमा दलेर खाँदा वा चियामा हाल्दा पनि स्वादिलो हुन्छ तर मह भनेको गुलियो पदार्थ मात्र होइन। हुन त महमा हुने तरल पदार्थमा चिनीको मात्रा हुन्छ, यसको साथै महमा इन्जाइम, भिटामिन, मिनरल र जैविक तत्व पनि हुन्छ जसले महलाई विषेश बनाएको हुन्छ, जसले मौरीलाई पनि स्वस्थ रहन मद्दत गर्छ।

पछिल्ला अध्ययनहरुमा के पाइएको छ भने मौरीले बासस्थानको विनास, किटनाषक तत्वहरुको प्रयोग तथा परजिवीका कारण अस्तित्वको संकटसँग जुधिरहनुपरेको छ।

महको उत्पदान विभिन्न किराहरुले गर्ने गर्छन्। बम्बलबी, स्टिङलेसबिले पनि मह पार्छन् तर आम मानिसलाई पुग्दोगरी मह उत्पादन गर्ने काम भने एपिज जातिको मौरी मात्र गर्दछ। यो क्षमता एकै दिनमा बनेको होइन, यसरी मह बन्ने प्रक्रिया बन्नको लागि लाखौं वर्ष लागेको छ।

लगभग १२ करोड वर्ष पहिले फूल फुल्ने बिरुवाको विकास र विस्तारसँगै बारुला प्रजातिबाट मौरीको विकास भएको थियो। पूmलहरुको विविधतासँगै लार्भालाई पराग खुवाउने मौरीको व्यवहारमा आएको परिवर्तनसँगै आज थाहा भएका लगभग २० हजार मौरी प्रजातिको विकास सम्भव भयो।

एउटा सीपालु मह पार्ने मौरी हुनको लागि केही व्यवहारिक तथा रसायनिक सीप जान्नुपर्ने थियो। मौरीहरुले नेक्टरमा केही मात्रामा पोलन थपे, जसले गर्दा ओसारपसार गर्न योग्य एकाइ बने। उनीहरुले मैन उत्पादन गर्नसक्ने ग्रन्थीको पनि विकास गरे, जसले तरल नेक्टर र ठोस पोलनलाई भिन्नाभिन्नै रुपमा भण्डारण गर्न सकियो।

‘मैनले लचकदार तत्वले घार बनाउन मद्दत गर्यो,’ पेन स्टेट विश्वविद्यालयकी कटिविज्ञ क्रिस्टिना ग्रोजिङगर भन्छिन्, ‘मह राख्न उनीहरुले बनाउने घार षड्भुज आकारको हुँदा भण्डारण ज्यादै प्रभावकारी हुनगयो। यो त गजबको इन्जिनियरिङ उपलब्धि हो।’

सानो सानो उही आकारको घार बनाउनुको अर्को फाइदा छः खाली सतह धेरै हुँदा पानी चाँडै वाष्पीकरण हुन्छ, जति पानी कम हुन्छ उती कम जीवाणु विकास हुन्छ। ती कोष्ठहरुलाई भर्ने मह उत्पादन प्रक्रिया नेक्टर खाने माहुरीले रस निकाल्ने बित्तिकै सुरु हुन्छ। यद्यपि यो उसले खाइरहेको जस्तो लागे पनि वास्तवमा उसको पेटमा चिनीको खाजा समाप्त भने हुँदैन। उसले यसलाई आफ्नो बाली, वा मह भण्डारण गर्ने पेटमा भण्डार गर्दा त्यो अनेकौ इन्जाइमहरुसँग मिसिन पुग्छ।

अन्तिममा कोष्ठ भरिएपछि त्यसलाई मैनले टालिन्छ। नर्स मौरीले भण्डारण गरिएको मह घारका अन्य मौरीलाई खुवाउने गर्छिन्, र बाँकी रहेको मह झरी परेको दिन र जाडोको लागि जगेडा गरिन्छ।

गुलियो औषधि

सन् १९९० को कुनै एक दिन प्रोफेसर बेरिनबअमलाई नेक्टरले आकर्षित बनायो। विस्तारै उनी मौरीको संसारमा विचरण गर्न थालिन्। उनलाई थाहा थियो नेक्टर वनस्पतिको रसायन मिश्रित हुन्छ। अनि उनको मनमा प्रश्न उठ्यो यो गुणकारी महले मौरी आफैंलाई चाहिँ के लाभ दिएको छ त?

यही प्रश्नमा घोत्लिँदै जाँदा बेरिनबअमले महमा भएका रसायनहरुको बारेमा अनुसन्धान गर्न थालिन्। सन् १९९८ देखि उनी र उनको टोलीले महमा विभिन्न स्तरका एन्टिअक्सिडेन्ट रहेको पत्ता लगाए।

यसले उनीहरुको टोलीले के पनि पत्ता लगाए भने मौरीहरुले चिनी पानी मिसिएको दुई खालको फाइटो–रसायन भएको मह खुवाउँदा किटनासकहरुलाई प्रभावकारी रुपमा किटनासकहरु सहन सक्दछ। त्यसबाहेक, फाइटो–रसायन मिसाइएको मह खाने मौरी दीर्घजीवि हुन्छन्।

अध्ययनहरुमा के पाइएको छ भने एब्सिसिक नामक एसिडले मौरीको प्रतिरक्षा क्षमतालाई बढाउने देखिन्छ भने घाउ निको हुने र चिसा सहन सक्छे क्षमता बढाउँछ। केही फाइटो–रसायनहरुले टक्सिकहरु हटाउन र प्रतिरक्षको क्षमता बढाउन आफ्नो काम निरन्तर गरेको देखिन्छ।

मौरीहरुले बिरामी हुँदा पनि विविध प्रकारको महहरुको छनोट गरेर आफ्नो स्वास्थ्यलाई सुधार गरेका हुन्छन्। किटविज्ञ सिल्भियो एर्ल र उनको टोलीले संक्रमित मौरीहरुलाई चार प्रकारका मह दिँदा बिरामी मौरीले सूर्यमुखी फूलको मह छनोट गरे। ‘सो मह वास्तवमै संक्रमण र उच्च एन्टिबडी एक्टिभिटीको लागि उत्कृष्ट औषधि हो,’ एर्ल भन्छन्।

मौरीको महको धेरै गुणको बारेमा चर्चा गरियो, जसमा स्वास्थ्यका धेरै गुण र प्रतिरक्षा शक्ति बढाउने गुण छ। यद्यपि, मौरीहरुले ओगट्ने क्षेत्र पनि डरलाग्दो गरी घट्दै गएको छ। अमेरिकी मौरीपालकहरुका अनुसार सन् अप्रिल २०२० देखि अप्रिल २०२१ सम्मको एक वर्षमा मौरी विगतमा भन्दा ४५ प्रतिशले साँघुरिएको छ। यो अवस्था भनेको सन् २००६ पछिको सबैभन्दा खराब भएको मौरीको अवस्थाको अध्ययन गर्ने ‘बि इन्फर्म्ड पार्टनरसिप’ ले बताएको छ।

लामो समयदेखि भएको अध्ययनले मौरीको महमा स्वास्थ्यलाई सहायक हुने वनस्पतिका रासायनिक तत्वहरुले भरिपूर्ण हुने प्रमाणित गरिसकेको छ।

अध्ययनको निचोड के पनि छ भने मौरीको मह नै कतिपय अवस्थामा औषधिका विकल्पको रुपमा रहेको हुन्छ। हालैको एक शोधमा सलहको रुखका फूल, सूर्यमुखी फूल तथा अन्य फूलका मिश्रणमय महले विभिन्न प्रकारको ब्याक्टेरियालाई बचाउँछ भन्ने पुष्टि भएको छ।

‘हामी औषधालयमा गएर टाउको देखेको, पेट दुखेको औषधि माग्छौं। जुन त्यहाँ भण्डार गरिएका हुन्छन्,’ एर्ल भन्छन्, ‘तर मौरीले भने सही र उपयुक्त फूल भेटेमा मात्रै औषधि बनाउँछ नत्र बनाउँदैन।’ त्यसैले मौरीको स्वास्थ्य राम्रो हुनको लागि फूलको विविधता आवश्यक हुन्छ। त्यसैले अमेरिकामा कृषि क्षेत्रका केही अंशलाई वन्यप्रजातिको लागि छोडिदिँदा प्रतिफल दिने योजना बनाइएको छ।

‘कृषिलाई त जसरी पनि निरन्तरता दिनु नै पर्छ,’ अमेरिकी किटविज्ञ आरति शेशाद्री भन्छिन्, ‘तर परागमा सहयोग पुर्याउने मौरीलाई पनि जोगाउनु पर्छ।’ तर यसको लागि मौरी नै नास हुने गरी कृषिको क्षेत्र मात्र बढाएर भएन वन्यप्रजाति हुने स्थान पनि आवश्यक छ। त्यसको लागि मौरीलाई स्वस्थ्य राख्ने फूल प्रजातिको विधिधतालाई जोगाउनु महत्वपूर्ण छ।

बीबीसी फ्युचरमा प्रकाशित सामग्री महेश्वर आचार्यले भावानुवाद गरेका हुन्।