मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्छ: प्रधानमन्त्री देउवा

थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्छ: प्रधानमन्त्री देउवा


प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थिति बसाल्ने काममा नेकपा एमालेले साथ दिनुपर्ने बताएका छन्।

चितवनमा आज आयोजित एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदभित्र र बाहिर रहेका दलहरूसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका थिए।

‘ओलीजीलगायत नेताहरूसँग हामी पनि जेलमा सँगै बसेको हो। सबै कुरा भोगेको हो। हिजो भोगेका कुरा ध्यानमा राखेर भोलिका दिनमा जनतालाई दु:ख नहोस् भनेर काम गर्नुपर्दछ,’ उनले भने, ‘एमालेले थिति बसाल्ने काममा साथ दिनुपर्दछ।’

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिएका छन्।

उनले सबै मिलेर ल्याएको संविधानलाई संस्थागत र कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक दलमा रहेको बताए।

उनले एमालेलाई जिम्मेवार राजनीतिक दलका रूपमा अगाडि बढ्न पनि आग्रह गरेका छन्।