मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित सभापती शर्मा : नेबिसंघ ईकाई सदस्य हुदैँ कांग्रेस क्षेत्रिय सभापतीसम्मको यात्रा

नवनिर्वाचित सभापती शर्मा : नेबिसंघ ईकाई सदस्य हुदैँ कांग्रेस क्षेत्रिय सभापतीसम्मको यात्रा


अछाम । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत देशैभर बिभिन्न तहका अधिबेशन हुदैछ । केही जिल्लामा अधिबेशन सम्पन्न भएका छन् भने केहीमा हुने क्रम जारी छ । यसैबिच अछाम जिल्लाको क्षेत्र नं. २ को प्रतिनिधी सभा क्षेत्रिय अधिबेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिबेशनले युवा नेता पुष्पराज शर्माको नेृतृत्वमा नयाँ क्षेत्रिय कार्य समिती चयन गरेको छ । निर्वतमान कार्य समिती सचिव टंक बहादुर धामीलाई पराजित गर्दै शर्मा सभापतीमा बिजयी भएका छन् । उनले १ सय २५ मत अन्तरले धामीलाई पराजित गरे । शर्माको ४ सय ६० मत आउदा धामीले ३ सय ६० मत प्राप्त गरे ।

यसअघि दुईपटक शभापतीको उम्मेद्धार भएर पराजित भएका शर्माले तेश्रो पटक जित हासिल गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज बाँकेमा स्ववियू सभापतीमा पनि उनी तेश्रो पटक मात्र बिजयी भएका थिए । क्षेत्रिय कार्य समिती सचिवमा भिम बहादुर बिष्ट ४ सय ९२ र सुरत बहादुर रावल ४ सय ७ मतले बिजयी भए ।

सहसचिवमा चन्द्र बहादुर बुढा ४ सय ७८ र पुष्पराज भण्डारी ४ सय ६१ मत ल्याएर बिजयी भए । यस्तै क्षेत्रिय कार्य समितीको खुल्ला सदस्यमा गोविन्द बहादुर बिष्ट ५ सय ६, गणेश बहादुर शाही ४ सय ४६ र प्रकाश बिसी ३ सय ९८ मत ल्याएर बिजयी भए ।

खुल्ला महिला सदस्यमा लल्ता कुमारी थापा ४ सय ४५ र खस आर्य सदस्यमा लालुराम जैशी भण्डारी ४ सय ६६ तथा तपेन्द्र बिष्ट ३ सय ७२ मत ल्याएर बिजयी हासिल गरे ।

‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएर कांग्रेसले १४ आँै महाधिबेशन गर्दैछ ।

४ सय ६० मत ल्याएर क्षेत्रिय सभापतीमा बिजयी शर्माको राजनितिक यात्रा र उपलब्धी ।

२०४८ सालमा नेबिसंघको सदस्यता लिएर राजनितिमा प्रबेश गरेका युवा नेता हुन् पुष्पराज शर्मा । नेबिसंघको ईकाई समिती हुदैँ नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसको ईकाई अध्यक्ष भएका शर्माले सोही क्याम्पसबाट स्वबियु सभापती निर्वाचित भएका थिए ।

पढाई सकेपछि अछाम फर्केका नेता शर्मा नेपाली बिद्यार्थी संघ अछामको सदस्य भएर काम गरे । २०६/२६ को जनआन्दोलनका क्रममा राज्य द्रोह र देश द्रोहको मुद्धामा ५ महिना हिरासतमा जेल जीवन बिताएका शर्माले नेपाली कांग्रेस अछामको राजिनितिमा सक्रिय हुदैँ कांग्रेसको १२ औँ र १३ औँ महाधिबेशनमा क्षेत्र नं. २ को सभापतीमा उम्मेद्धारी दिएर पराजित भएका थिए ।

तेश्रो पटक उम्मेद्धारी दिएर बिजयी भएका नेता शर्मा भन्छन् राजनितिमा थकाई भन्ने हुदैँन त्यो मेरो शब्दकोषमा पनि छैन् मेरो राजनितिक यात्रा जहाँ रोकिएको छ त्यही ठाँउबाट सुरु गर्नु पर्छ भन्ने मान्यता राखेर अघि बढेको हुँ । युवा पुस्तालाई संगसंगै लैजान र कांग्रेसलाई जनतासंग जोड्न, सुशासन, सुदृढ र सबल कांग्रेस निर्माणका गर्दै युग अनुसारको गतिशिल कांग्रेस बनाउन प्रतिबद्ध भएर काम गर्ने उनले बताए ।

पार्टीको आन्तरिक प्रष्पिर्धालाई कसैले हार जित मान्न नहुने भन्दै शर्मा भन्छ्न उपबिजेता टिमका साथिहरुलाई समेट्दै सबैको सल्लाह अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आम जनताको साझा पार्टी बनाउन र भातृसंगठनहरु चलायमान बनाउने लक्ष्य रहेको उनले बताए । उमेरले ४५ बर्ष हुन लाँगे ३० बर्ष देखि कांग्रेसमा लोकतन्त्र र प्रजातन्त्रका लागि सर्मपण भएर लागेको छु, उनि भन्छन कांग्रेसको संगठनलाई बलियो बनाउन प्रतिबद्ध भएर लाग्नेछु ।

तुर्माखाँद गाँउपालिकाको अध्यक्ष निर्वाचित भएपछिका उपल्बधी ।

युवा नेता शर्मा २०७४ सालको स्थानिय तहको चुनावमा कांग्रेसको टिकट लिएर तुर्माखाँद गाँउपालिकाको अध्यक्ष पदमा बिजयी भएका थिए । विकट सुदूरपश्चिमको अछाम जिल्ला त्यसैमा झन विकट तुर्माखाँद गाँउपालिकाको अध्यक्षको कारभार सम्हाल्न आफुलाई कम चुनातीपुर्ण थिएन उनि भन्छन् जहाँसम्म पालिकाका सबैवडामा सड्क पहुँच पुग्दैन तबसम्म सरकारी सुबिधाको गाडी नचढ्ने अठोट लिएर आफ्नो कार्यकालको सुरुवात गँरे । सरकारी सुबिधाको गाडी प्रयोग गर्नेमा उनि अछाम जिल्लामै पहिलो र एकमात्र पालिका प्रमुख हुन् ।

कांग्रेस अछामको निर्वतमान जिल्ला कार्य समिती सदस्य समेत रहेका नेता शर्मा आफ्नो कार्यकालमा पहिलो पटक जिल्लाको कमलबजार देखि तुर्माखाँद गाँउपालिका सम्म पक्की सड्का लागि संघ प्रदेश र स्थानिय सरकारबा बिचमा सम्झौता गर्न सफल भए । पर्यटनको प्रचुर सम्भावना बोकेको पालिकालाई पर्यटकिय गन्तव्यका रपमा अघि सार्ने योजना अनुसार काम भईरहेको उनले बताए ।

पालिकाका सबै वडामा सड्क सञ्जाल जोडिनु पहिलो सफलता मान्ने नेता शर्मा अछामलाई तराई संग जोड्ने छोटो दुरीको जंगलघाट बाटो निर्माण सुरु, स्वास्थ्यको क्षेत्रमा पालिकामै १० शैयाको अस्पताल निर्माण प्रक्रियाको थालनी, गाँउपालिकालाई साक्षर र छाउगोठ मुक्त पालिका घोषणा, अपांग, असाह्य र बृद्धबृद्धालाई बैंक मार्फत सामाजिक भक्ता बितरण, स्वयमसेवीकालाई अछामका सबै पालिका भन्दा बढी प्रोत्साहन भत्ता, शिक्षाको क्षेत्रमा प्राबिधिक शिक्षाको सुरुवात र निजि ल्याबको स्थापना, पालिकाद्धारा एक सय शिक्षक व्यावस्थापन, सहज खानेपानीका लागि योजनाहरु सम्पन्न, कृषी र जीवीको पार्जन र आयआर्जनका कार्यक्रमहरु लागु गर्नु आफ्नो कार्यकालका मुख्य उपलब्धीको रुपमा लिन्छन् ।