मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महाधिबेशन २०७८ : अछाम क्षेत्र नं. २ को मतपरिणाम सार्वजनिक (सुची सहित)

कांग्रेस महाधिबेशन २०७८ : अछाम क्षेत्र नं. २ को मतपरिणाम सार्वजनिक (सुची सहित)


अछाम । नेपाली कांग्रेस क्षेत्र नं. २ को मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नं. २ मा मंगलबार भएको प्रतिनिधि सभा क्षेत्रिय अधिबेशनको मत परिणाम सार्वजनिक भएको हो ।

महाधिबेशन र क्षेत्रिय कार्य समितीका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । महाधिबेशन प्रतिनिधी खुल्ला १० जनामा सबै भन्दा बढी मत ल्याएर कांग्रेस अछामका पूर्व सभापती पुष्प बहादुर शाह बिजयी भएका छन् । उनले ५ सय ४५ मत ल्याएका छन् ।

यस्तै दोश्रो नम्बरमा पदमराज अधिकारी ४ सय ९७, तेश्रोमा बल बहादुर कुवँरले ४ सय ८५, चौथोमा सुरत बहादुर बिष्टले ४ सय ४८, पाँचौमा ओम प्रकाश बिष्टले ४ सय ४६, छैटौँमा नम बहादुर शाही ४ सय १४, सातौँमा गणेश बहादुर बिष्टले ३ सय ९९, आठौँमा बेद प्रकाश तिमिल्सैनाले ३ सय ९६, ९औँमा यज्ञ प्रसाद ढकाल ३ सय ९५ र दशौँमा लक्ष्मण बहादु शाहले ३ सय ८७ मत ल्याएर बिजयी भएका छन् ।

शाह र प्रतिनिधी सभा सदस्य माननिय राम बहादुर बिष्टको बराबर मत आउदा गोला प्रथाबाट शाह बिजयी भए । महाधिबेशन प्रतिनिधीको खुल्लमा २१ जनाले प्रतिष्पर्धा गरेका थिए ।

यस्तै महिला खुल्लामा सबैभन्दा बढी मतका साथ युवा नेतृ अम्बिका चलाउने बिजयी भएकी छन् । महासमिती सदस्यत तथा पञ्चदेवल बिनायक नगरपालिका उपप्रमुख उनले ४ सय ५१ मत प्राप्त गरेकी छन् ।

दोश्रोमा कांग्रेस नेतृ अञ्जु मल्ल शाहले ४ सय ३ मत, तेश्रोमा सुदूरपश्चिम प्रदेश सभा सांसद अम्बि कुमारी थापाले ३ सय ६८ मत प्राप्त गरेकी छन् भने चौथोमा कमलबजार नगरपालिका उपप्रमुख समेत रहेकी भुमिशरण ढकाल बजगाँईले ३ सय ७३ मत प्राप्त गरेकी छन् । ४ जना महिलाको लागि ८ जना प्रतिष्पर्धामा रहेका थिए ।

यस्तै खस आर्य तर्फ पुरुषमा ३ सय ९५ मतका साथ राम बहादुर शाही, ३ सय ८२ मतका साथ ईञ्जििनियर मान बहादुर शाही, ३ सय १९ मतका साथ नवराज चलाउने र ३ सय १ मतका साथ ओमजंग रावल बिजयी भएका छन् । ४ जनका लागि १२ जनाले प्रतिष्पर्धा गरेका थिए ।

३ जना खस आर्य महिला तर्फमा बसन्ती कुमारी बिष्ट ४ सय ७३, पूर्णा शाह ४ सय ३६ र बेलु देबी साँउद ४ सय ३५ मतका साथ बिजयी भएकी छन् । ३ जनका लागि ६ जनाले प्रतिष्पर्धा गरेका थिए ।

२ जना महाधिबेशन प्रतिनिधी दलित तर्फ टेक बहादुर बिक, र कमल बहादुर कामी (बिक) बिजयी भएका छन् । उनीहरुले क्रमश ४ सय ८७ र ४ सय ५६ मत प्राप्त गरेका छन् ।

महाधिबेशन प्रतिनिधिी १ जना दलित महिलाको लागि भएको प्रतिष्पर्धामा दुर्गा कुमारी बिक ४ सय ७३ मतले बिजयी भएकी छन् । यस्तै १ जना अपांगमा ३ सय ६४ मत सहिती कृष्ण ढकाल बिजयी भएका छन् ।

२५ जना महाधिबेशन प्रतिनिधीका लागि ५५ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । ५४ वडा रहेको क्षेत्र नं. २ मा ८ सय ५६ मतदाता रहेकोमा ८ सय ४२ जनाले मतदान गरेका थिए ।

यस्तै १५ जना क्षेत्रिय कार्य समितीको लागि २७ जनाको प्रतिष्र्पधा भएको थियो । जसमा पुष्पराज शर्मा समुहको पुरै टिम बिजयी भएको छ ।

क्षेत्र नं. १ मा भने मतगणनाका क्रममा १८ मत बढी भेटिएको भन्दै मतगणना स्थिगित भएको छ । जम्मा ७ सय ६४ मतदाता रहेको क्षेत्र नं. १ मा ७ सय ४७ मत खसेको थियो । खसेको मत भन्दा १८ मत बढी भेटिएपछि बिबाद हुदाँ गणना स्थिगित हो ।