मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस क्षेत्र नं. २ मा सबै भन्दा बढी मत ल्याएर पूर्व पार्टी सभापती शाह महाधिबेशन प्रतिनिधीमा बिजयी

कांग्रेस क्षेत्र नं. २ मा सबै भन्दा बढी मत ल्याएर पूर्व पार्टी सभापती शाह महाधिबेशन प्रतिनिधीमा बिजयी


अछाम । नेपाली कांग्रेस अछामका पूर्व सभापती पुष्प बहादुर शाह अत्याधिक मतका साथ कांग्रेस महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. २ बाट सबै भन्दा बढी ५ सय ४५ मतका साथ नेता शाह बिजयी भएका हुन् ।

महाधिबेशन प्रतिनिधी खुल्लामा २१ जना प्रतिष्पर्धी रहेकोमा उनले सबैभन्दा बढी मत ल्याएर बिजयी भएका हुन् ।

५४ वडा रहेको क्षेत्र नं. २ मा ८ सय ५६ मतदाता रहेकोमा ८ सय ४२ जनाले मतदान गरेका थिए ।