मुख्य समाचार

आजदेखि १२ देखि १७ वर्षका सबैले खोप पाउँदै

काठमाडौं– काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिँइदै छ। 

यसअघि दीर्घरोगलाई खोप दिइँदै आएकोमा आइतबारदेखि  मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो।

ललितपुरको पाटन अस्पताल, काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।

जिल्लाका स्वास्थ्य कार्यालय काठमाडौं र ललितपुरका अनुसार खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन्।

दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

समाजवादी प्रेस संगठन अछामको अध्यक्षमा भट्ट
चुनावको तयारीमा जुट्छौं, एकल बहुमत ल्याउनु छ : ओली
टी–२० विश्व कप एसिया छनाेट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा
थिति बसाल्ने काममा एमालेले साथ दिनुपर्छ: प्रधानमन्त्री देउवा