मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उठ्याे अछामी भाषा, कला, साहित्य र संस्कृतिको कुरा

काठमाडौं उठ्याे अछामी भाषा, कला, साहित्य र संस्कृतिको कुरा


काठमाडौं : विभिन्न कामको सिलसिलामा काठमाडौमा रहेका अछामी युवाहरुले अाफ्नाे भाषा, कला, साहित्य, संस्कृति र पर्यटनका विषयमा चासो र चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंको कीर्तिपुरमा सुदुरपश्चिम युवाक्लवले अायाेजना गरेको साहित्यिक, सास्कृतिक तथा बनभाेज कार्यक्रमा अछामी भाषा, कला, साहित्य र संस्कृतिका विषयमा चासाे र चिन्ता ब्यक्त गरिएको हाे । क्लवका सदस्य अाकृति बिष्टक अघ्यक्षतामा सम्पन्न कार्यक्रममा गजलकार तथा नौखुवा प्रतिष्ठान नेपालका अध्यक्ष कमल संघर्ष प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्लै प्रमुख अतिथि संघर्षले अाफ्नाे भाषा, संस्कृति बचाउन सकिएमात्रै अाफूजस्ताे देखिने भन्दै देश दुनियाँमा रहका अछामी भाषीहरूले अाफ्नाे भाषा, कला, सहित्य र संस्कृति बचाउने अभियानमा जाेडिन जरुरी रहेको बताएका छन् । साथै उनले जारी जनगणनामा सम्पुर्ण अछामी भाषीहरूलाई पुर्खाको भाषा र मातृभाषामा अछामी लेख्न अाग्रहसमेत गरेका छन् ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि नौखुवाका प्रतिष्ठानका उपाध्यक्ष मिन बाब्ली मिलन, मधुवन साहित्य प्रतिष्ठानका सचिव एकेन्द्र खड्का अछामी, गजलकार शिवराज कल्पित, अारपी अञ्जान, धर्मराज न्यौपाने, हास्य कलाकार हेमराज अधिकारी ‘खण्टेखलास’, कलाकार सञ्जन धामी, हंसा तिमिल्सैना, कवि केअार पाण्डुलिपी लगायत रहेका थिए ।

उक्त कार्यक्रममा २ दर्जन बढीले अछामी भाषाबाट सिर्जना गरिएका रचनाहरु वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन छत्रबहादुर धामीले गरेका थिए ।