मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थालाकोट जारी क्रिकेट प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न

थालाकोट जारी क्रिकेट प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न


अछाम : कालिकामा जारी तेस्रो बान्नगढी प्रिमियर क्रिकेट प्रतियोगितामा बुधबार ३ खेल सम्पन्न भएका छन ।

कालिका युवा संजालको आयोजनामा थालाकोट खेल मैदानमा जारी प्रतियोगितामा कैलाशजल टिम कैलाशखोला, रिडिकोट युवा क्लब रिडिकोट र दिपक युवा क्लब कालिमा विजयी भएका हुन ।

पहिलो खेलमा कैलाश जलले टँक स्मृति युवा क्लब जुपु, रिडिकोट युवन क्लबले आयोजक कालिका युवा संजाल र दिपक युवा क्लबले नन्दा माध्यमिक विदयालयलाई पराजित गरेको हो ।

कात्तिक ३० गते मंगलबारबाट सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक कमिटिका खेम रावलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ३१ हजार र उपविजेता हुने टिमले ६० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन ।