अर्थ

साँफेबगरको वडा नं १ बैद्यनाथमा अटो सर्भिस सेन्टर सञ्चालन

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका वडा नं १ बैद्यनाथमा अटो सर्भिस सेन्टर सञ्चालन मा आएको छ । युवा व्यवसायी हिमकर्ण खड्काले ७ लाखको लागतमा खापर अटोे टे«ड एण्ड सर्भिस सेन्टर सन्चालन गरेका हुन ।

युवा व्यवसायी खड्काका अनुसार करिब ७ लाखको लागतमा खापर अटोे टे«ड एण्ड सर्भिस सेन्टर सञ्चालन गरिएको हो । दश बर्ष बिदेशमा जिवन बिताएका खड्काले स्वदेशमै केहि गर्नुपर्छ भन्न्ने सोचका साथ यो भन्दा पहिले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा बट्टाईपालन व्यावसाय गरेका थिए।

लकडाउनको समयमा घर आउनु भएका खड्काले हाल आफ्नै घरमा अटो सर्भिस सेन्टर सञ्चालन गर्नु भएको छ । टो मोटरसाईकल लगाएतका सवारी साधनमा सामान्य समस्या देखिदा साँफे पुग्नु पर्नै बाध्यता भएकाले वडा वासिलाई सहज रुपमा सेवान दिने उद्देश्यले अटा सर्भिस सेन्टर सञ्चालन गरेको सञ्चालक खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पाचन सम्बन्धी समस्याबाट जोगिन उपयोगी चार योगासन
यूरोपमा कोभिडका कारण थप सात लाखको मृत्यु हुन सक्ने डब्ल्यूएचओको चेतावनी
खाली पेट लसुन खानुका फाइदै फाइदा
चिसोबाट जोगिन के गर्ने?