मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरोकारलालाई जानकारीमुलक कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न

सरोकारलालाई जानकारीमुलक कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न


अछाम : नगरपालिका स्तरका सरोकारलाहरु संगको सनं २०२२ मा संचालन हुने कार्यक्रमको जानकारी मुुलक बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ।

आस्था नेपाल र वाक नेपालको आयोजना वल्र्ड भिजनको सहयोग र कमलबजार नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टले गरेका थिए।

परियोजनाका बिभिन्न क्रियाकलापको माध्यमबाट बालबालिकाका आधारभुत आवश्यकता तथा अधिकारहरुको लागि पैरवी गरि बाल समृद्धिमा टेवा पुु्र्याउने उदेश्यका लागि कार्यक्रम तयार पारिने, समुदायमा रहेका सम्पुण साझेदारहरुले बालबालिकाहरुको हेरचाह र्गन र बालबालिकाका परिवार र समुदायको जिबन समृद्धि र सक्षम पार्नको लागि बाल स्पोन्सरसिप कार्यक्रमलाइ बुुझेर यसको प्रयोग र्गने, खाद्द शुुरक्षा तथा पोषणमा परिवारहरुको पहुुँच बढाउने, परिवारको प्रयाप्तता शुुरक्षा र उत्थानसिलता सुुधार र स्थापित गर्ने लगायतका बिषयमा छलफल गरिएको थियो । यो परियोजना कार्यक्रम अछामका ४ वटा स्थानिय तहका बिभिन्न वडामा लागुु भएको छ ।

जस अन्र्तगत पंचदेवल बिनायक नगरपालिकाका वडा नं. १, २, ३, ४, ६ र ७, कमलबजार नगरपालिकाका २, ३, ४ र ५, साँफेबगर नगरपालिकाको वडा नं. ४ र मेल्लेख गााँउपालिकाका वडा १ देखी ८ मा लागुु भएको छ । वाक नेपालको आयोजना वल्र्ड भिजनको सहयोग र कमलबजार नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उप प्रमुुख भुुमि सरण ढकाल बजगाई, नगरपालिका का बिभिन्न बिषयगत शाखाका प्रमुुख एवंम् प्रतिनिधी, रेडियो कमलबजारका स्टेशन प्रमुुख पबित्रा खड्का लगायतको सहभागिता थियो ।

यस्तै कार्यक्रममा आस्था नेपालका बाल संरक्षण फोकल पर्सन लभजंग कुुँवर, अनुुगमन अधिकृत हर्क खड्काको सहभागिता रहेको कार्यक्रमको प्रस्तुुतीकरण कार्यक्रम अधिकृत भिम बहादुुर खत्रि र दिलिप बोहोराले गरेका थिए । सो कार्यक्रमको संचालन कमलबजार नगरपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृृत खडग बहादुुर बिष्टले गरेका थिए।