मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसलाई जनताको दुखको साथि बनाउन क्रियाशील हुनेछु : कांग्रेस यूवा नेता थापा

कांग्रेसलाई जनताको दुखको साथि बनाउन क्रियाशील हुनेछु : कांग्रेस यूवा नेता थापा

जुझारु र गतिशिल संगठन निर्माणका लागि युवालाई अवसर दिनुपर्छ : कांग्रेस युवा नेता थापा



२०४९ सालमा ९ बर्षको हुदाँ तत्कालिन अछाम जिल्लाको बस्ती गासिवमा आफ्नै बुवा (तत्कालिन बस्ती गाविसका अध्यक्ष) लाल बहादुर थापाको हातबाट अखिलको सदस्यता लिएका बिनोद कुमार थापा । २०५१ देखि ५४ सम्म सदरमुकामको षोडशा माविमा अखिलको प्रारम्भिक कमिटी सदस्य हुदैँ सचिव बने । २०५६ सालमा कैलाली बहुमुखी क्याम्पसमा सचिव हुदैँ अध्यक्ष भएर काम गरे ।

कैलाली बाट अछाम फर्केका थापाले पत्रकारिता बिषयमा अछाम जिल्लामै पहिलो पटक एमए गरेर करिब २ दशक पत्रकारीता गरे । अछामबाटै प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य निर्वाचित हुदैँ सेती अञ्चल ईन्चार्ज भएर काम गरे । जनस्तरमा बलियो पकड भएका थापाले २०७० को संविधान सभा निर्वाचनमा प्रचार प्रसारको कमान्ड सम्हालेर अछाम २ नम्वर निर्वाचन क्षेत्रका तत्कालीन एमाले उम्मेदवार भरत साँउदलाई जिताउनमा महत्वपूर्ण भुमिका निवार्ह गरे ।

जिल्ला बाट राष्ट्रिय मिडियामा समेत काम गरेका थापा अछाम जिल्लाको पत्रकारीताको जग निर्माण गर्दै अछाममै पहिलो पटक रेडियो रामारोशनको स्थापना गर्न संस्थापक भएर महत्वपूर्ण योग्दान दिए । अछामी पत्रकारिता जगतको क्षेत्रमा उल्लेख योगदान पुर्याउदै समाज परिर्वतन, सुशासन, विकास निर्माणका पक्षमा र कुरिती, कुसंस्कारका बिरुद्धमा बुलन्द आवाज गर्दै सामाजिक क्षेत्रमा समेत एक अमिट छाप बनाएका थापा २०७७ साल असोजमा नेपाली कांग्रेस प्रबेश गरे । कांग्रेस १४ औँ महाधिबेशनको संघारमा रहेका बेला कांग्रेस नेता थापा संग सुदूरआजले गरेको कुराकानी ।

सुदूरआजको कांग्रेसको १४ औँ महाधिबेशन केन्द्रित अन्र्तवार्ताको छैटौँ श्रृखंलामा यहाँलाई हािर्दक स्वागत छ ।

धन्यवाद ।

तपाई बिगत लामो समय देखि अखिल हुदैँ एमालेको राजनितिमा सक्रिय रहुन भयो, एमाले छोडेर कांग्रेस प्रबेश गर्नुको कारण चाँही के हो ?

हो, राजनिति भनेकै बिसुद्ध सेवा हो । समाज, देश र आम जनताको जीवन रुपान्तरणका लागि जहाँबाट सहज र सम्भावना हुन्छ त्यहि ठाँउबाट लाग्नु पर्छ भन्ने सोच मनमा आयो । लक्ष्य भनेको बिशुद्ध देश र जनताको सेवा हुनु पर्छ भन्ने मेरो दृढ संकल्प थियो । लामो समय एमालेमा आवद्ध भएर पनि ठिक ढंगले मुल्यांकन हुन सकेन भने जिम्मेवारीबाट पनि बञ्चीत गराईयो । मैले मेरो पुरै परिवारलाई अन्याय भएको महशुस एकातिर गरे भने अर्को तर्फ कम्युनिष्टहरुमा ब्यापक बिचलन आएको छ । सिद्धान्तलाई व्यापारिकण गर्दे आएको मैले मुल्यांकन गरेर एमाले त्यागेको हो । एमालेले आफ्नो विर्ता सम्झीने चिन्तन हाबी हुदैँ गयो । हिजो स्कुलिंग एउटा आज व्यावहार फरक भयो । हिजोका दिन देखि योग्दान दिएकाहरुलाई माथी उठ्न नदिई तिकड्म र कुण्ठा मात्रै देखिन थाल्यो । म जस्तै सचेत युवाले यो महशुस गरेर, भोगेर र चेत्तेर नै बिश्व भरीबााट नै पूर्ण रुपमा दुषित भईसकेको कम्युनिष्टबाट देश र जनताको भलो हुदैन भन्ने निष्कर्ष निकालेर म नेपाली कांग्रेसमा प्रबेश गरेको हुँ ।

यसले तपाईमा बिचलन आएको हो की भन्दा फरक नपर्ला की ?

यस्तो भन्नेहरुको पनि कमि त नहोला । तर म मा नभई कम्युनिष्ट पार्टी एमाले, माओवादी, बिश्व कम्युनिष्ट आन्दोलन र त्यसको सबै नेतृत्वमा बिचलन आएको छ । म त एउटा पार्टीका सदस्य न थिएँ । सिंगो पार्टी र त्यसका नेताहरु भ्रष्ट बने । सिद्धान्तबाट स्खलित, बिचार र दृष्टीकोणबाट पुर्ण रुपमा च्युत, नाताबाद, कृपाबालदमा लिप्त, पैसा लिप्त भईसके हामी जस्ताले जतिसुकै ईमान्दार भएर काम गर्दा पनि के अर्थ रहन्छ र ।

जनताको मतलाई विभिन्न प्रलोभनमा पारी सर्वहारा गरिवीको नारा लगाएर शक्ती आर्जन गर्ने र त्यो जनताको शक्तीको चरम दरुपयोग गर्ने आफ्नो निजि सम्पती जोड्ने, पार्टी र सिद्धान्तलाई व्यापार बनाउने, जनताको सेवा सुबिधामा ध्यान नदिने एमाले नेतृत्वबाट भएको सबैलाई थाह नै छ । जनताको लागि के गरेका छन् । अछाममा त एमाले सधैँ सत्ता र शक्तीमा होईन र ? के भएको छ ? जनताको ज्यू, धन र सुरक्षा संग जोडिएका एजेण्डा बिर्सिदैँ जाने एमाले अछामको नेतृत्व मै बिचलन आएको कारण पनि म कांग्रेस भएको हुँ ।

कम्युनिष्ट आकाशभेली र अ‍ैझेरु जस्ता हुन्, बिनास मात्र गर्छन् : नेता थापा

तपाईलाई अवसरबादी भन्न मिल्दैन ?

वास्तविक्ता नबुझेर भन्नेहरुले मलाई जस्तो सुकै ओरोप लाएपनि मैले बुझेर, मेरो ब्रहमले देखेर सचेतताको साथ म कांग्रेस भएको हुँ । मन जित्ने, भावना मिल्ने र एजेण्डा मिल्ने तमाम साथिहरु कांग्रेसमा हुने जसले गर्दा समाज रुपान्त्ररणको काम गर्न सहज हुने समुह एक ठाँउमा छ र त्यो समहुले गर्ने काम नेपाली कांग्रेसबाट सहज भएको मेरो बह्रमले देखेर म कांग्रेस भँए ।

अव रह्यो अवसरबादको कुरा अवसर भन्ने कुरा नितान्त व्यक्तीगत कुरा हो । जनता, समाज र देशका लागि केही गर्छु, सक्दो योग्दान दिन्छु भन्नुलाई अवसर भन्न मिल्दैन । व्यक्तीगत हिसाबले त म अहिले पनि अमेरीकामा छु । मलाई अपुग खासै के छ जस्तो लाग्दैन, तर म मात्रै सम्पन्न भएर भएन भन्ने सोच बनाएर अछामी माटो, जनता, समाज र देशका लागि म आफ्नै जन्म भुमिमा योगदान दिन्छु भनेर मासिक ५ देखी ६ लाखको जागिर र अमेरिकाको बसाई त्याग्न तयार भएको छु भने यसलाई तपाई कुन आँखाले अवसरबादी देख्नुुन्छ ? यो केवल आरोप मात्रै हो । एउटा भनाई छ नि फुलको आँखामा फुलै संसार काडाँको आँखामा काँडै संसार । नकरात्मक बुझने संग मेरो भन्नु केही छैन् ।

जनता, समाज र देशका लागि केही गर्छु, सक्दो योग्दान दिन्छु भन्नुलाई अवसर भन्न मिल्दैन । व्यक्तीगत हिसाबले त म अहिले पनि अमेरीकामा छु । मलाई अपुग खासै के छ जस्तो लाग्दैन । तसर्थ अछामी माटो, जनता, समाज र देशका लागि म आफ्नै जन्म भुमिमा योगदान दिन्छु भनेर मासिक ५ देखी ६ लाखको जागिर र अमेरिकाको बसाई त्याग्न तयार भएको छु ।

त्यसो भए पार्टी त अरु पनि थिए, कम्युनिष्टबाटै एकैपटक किन कांग्रेसमा आकर्षित हुनुभयो त ?

हो ठिक प्रश्न गर्नुभयो । पहिलो कुरा कम्युनिष्टहरु संसारबाटै पतन उन्नमुख छन् । किनभने कम्युनिष्ट सिद्धान्तको प्रयोग वस्तुबादी ढंगले कहीं पनि हुन सकेन । यसको दुरुपयोग मात्रै बढ्यो, जुन रोकिनेवाला छैन । कम्युनिष्ट निति र नेतृत्व भनेको एकात्मक शैली, परम्परागत तानाशहको नयाँ संस्करण जस्तो विश्स्व्यापी रुपमा देखिन्छ । मैले भन्न खोजेको विकसित र नयाँ बिश्वको नेतृत्व गर्न कम्युनिष्ट बिचार, निति र सिद्धान्त प्रयाप्त छैन् । त्यसैले यो बिश्वभरीबाटै बिदा हुनेवाला छ । यो मेरो भबिष्यवाणी सम्झिनुहोला ।

नेपालको कुरा त यहाँले देख्नु भएकै छ । यनिहरुको गतिविधी हेर्नुस त कुनै कम्युनिष्टको सिद्धान्त र घोषण पत्र मेल खान्छ ? त्यसो भएको हुनाले नेपालको विकास र परिवर्तनका लागि सामाजिक जागरण देखि सशस्त्र संर्घष गर्ने जनताको मुक्ती र प्रजातन्त्र स्थापनाका लागि पार्टी नेपाली कांग्रेस हो । जहाँनिया राणा शासन बिरुद्ध १९९७ देखि नै प्रजा परिषद हुदै २००६ सालमा एकिकृत भएको कांग्रेसले २००७ सालमा ससस्त्र बिद्रोह गरेर राणाहरुको शासन ढाल्ने र संबिधान सभा मार्फत जनताको पक्षमा संबिद्यान निर्माण गरी सामाजिक न्याय र स्वतन्त्रता मार्फत मुलुकको आमुल परिवतन गर्ने कांग्रेसकै एजेण्डा हो । त्यहि २००७ सालको सफल क्रान्ती पछि जे जति परिर्वतनको नेृतत्व २०४६ पछि सबै कांग्रेसको नेृतत्वमा भएको छ । त्यसैले यो देशको मुल पार्टी, मुल विचार, मुल सिद्धान्त कांग्रेस हो भन्ने कुरा अध्ययन गरेर कांग्रेसले मात्रै देश बनाउन सक्छ भनेर मैले कांग्रेस रोजेँ ।

संगठन निर्माण र कांग्र्रेसलाई स्थापित गर्नु बाहेक व्यक्तीगत ईच्छा छैन् : कांग्रेस नेता थापा

तर देश परिर्वतनका एजेण्डा त बामपन्थीले अघि सारेको हो भन्छन् नी ?

म तपाईलाई सानो उदाहरण दिन्छु जस्तो एटिएम कार्ड मेसिनमा राखेर पिन हान्ने बित्तिकै हातमा पैसा आँउछ नि जसलाई एटिएम मेसिन बारे थाह नै हुदैन् उसलाई त ओहो मेसिनले नै पैसा दियो जस्तो लाग्छ । तर उसलाई के थाह हुदैन भने पैसा पहिले कमाएर बैँकमा जम्मा गरे मात्र एटिएमले पैसा दिने कुरा । त्यस्तै कम्युनिष्टहरु पनि एटिएम मेसिज जस्ता देखिए, यसो झट्ट हेर्दा पैसा दिए जस्तो तर वास्तवीकता हेर्दा त्यस्तो छैन् । यो देशमा संबिधान, सार्वभौम सत्ता, बर्गिइ बिभेदको अन्त्य, सामाजिक असमानताको अन्त्य र न्यायको पक्षमा आवाज उठाने मात्र नभई देश बिदेशमा एजेण्डा स्थापित गर्ने काम कांग्रेस ले २००७ सालमै गरेको हो । त्यसैको जगमा यो देशमा आजका उपलब्धी र परिर्वतन भएका हुन् । बाँकी माओवादी एमालेहरुले बेला बेलामा देखाएका चटक बाहेक केही हाईन ।

कम्युनिष्ट सिद्धान्तको प्रयोग वस्तुबादी ढंगले कहीं पनि हुन सकेन । यसको दुरुपयोग मात्रै बढ्यो, जुन रोकिनेवाला छैन । कम्युनिष्ट निति र नेतृत्व भनेको एकात्मक शैली, परम्परागत तानाशहको नयाँ संस्करण जस्तो विश्स्व्यापी रुपमा देखिन्छ । कम्युनिष्ट बिचाधारा बिश्वबाटै बिदा हुनेवाला छ । यो मेरो भबिष्यवाणी हो ।

तपाईको पारिवारिक पृष्ठभुमि हेर्दा पनि आफ्नै बुवा एमाले बाटै तत्कालिन बस्ती गाविसको अध्यक्ष हुनु भयो, त्यो बिरासत जोगाएर एमालेमै संघर्ष गर्ने ठाँउ थियो की ?

ठाँउ नै नहुने भन्ने प्रश्न त हुदैन तर एमाले पार्टी ठग, लोभी, व्यायारी, ठेकेदार र बिचौलियाको पार्टी बनी सक्यो । एमाले मात्र नभई नेपालका सबै कम्युनिष्ट पार्टीले जनताका एजेण्डा छोडी सके राष्ट्र र समाज प्रति नभई आफु केन्द्रित भइसकेका छन् । सुधारको सम्भावना देखिदैन । एमाले पार्टी त केवल अपराध लुकाउने, सेटिंग मिलाउने, नाफा, कमाउने, ठेक्का व्यावसाय हात पार्ने र कमाउने माध्यम बनिसक्यो । त्यसकारण त्यही ठाँउमा रहेर संर्घष गर्नु भन्दा फरक बाटो हिड्नु सहज भएका कारण म त्यहाँ रहन सकिँन ।

कांग्रेस प्रबेश गरेपछि अब के के गर्छु भन्ने आँट गर्नु भएको छ ? पार्टी, समाज र जनताका लागि यहाँका प्राथमिक्ता के हुनेछन् ।

राष्ट्र, राष्ट्रियता र जनजीवीकाका सवालमा नेपाली कांग्रेसले बोकेको एजेण्डा नै मेरा एजेण्डा हुन् । पार्टीले लिएको निति, सिद्धान्त, बिचार र दृष्टिकोणलाई आफ्नो क्षमता र जिम्मेवारी अनुसार जनस्तर र तल्लोतह सम्म लैजानेछु । पार्टीले दिएको जिम्मेवारी र बिश्वासका आधारमा ईमान्दार ढंगले कांग्रेसको निति र विचारलाई आत्मसाथ गर्दै अघी बढ्नेछु । पार्टीलाई जनताको तहमा लैजाने र नेपाली कांग्रेसको नेृतत्वमा स्थानिय देखि केन्द्रसम्मको निर्वाचनमा जितको माहोल सृजा गर्न भुमिका खेल्नेछु । पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु नै मेरो पहिलो प्रथामिक्ता हुनेछ ।

खास गरी कांग्रेसलाई दलित, जनजाति, उपेक्षित वर्ग, गरिबदुखीको खास पार्टी र जनताको दुखको साथि हो भन्ने बनाउन प्रयत्न गर्नेछु । बिपीले अंगीकार गरेको समाजवादको नितिलाई तल्लो तहसम्म पुर्याउनेछु । सामाजिक न्यायको क्षेत्रमा आवाज बुलन्द गर्दै जातिय, क्षेत्रिय र लैंगिक बिभेद अन्त्यका लागि एउटा सचेत नागरिकको भुमिका निर्वाह गर्नेछु । बिद्युत, यातायात नपुगेका र विकासमा पछाडी परेका ठाँउको विकासका लागि योजना ल्याउन पहल गर्न प्रतिवद्ध भएर लाग्नेछु ।

म यो या त्यो पद पाँउछु, त्यता धेरै अवसर पाँउछु भनेर कांग्रेसमा लागेको होईन् । कांग्रेसको बिचार, निति, सिद्धान्त र यसले मुलुकमा परिर्वतनका लागि खेलेको भुमिकालाई महशुस गरेर म नेपाली कांग्रेसमा आवद्ध भएको हुँ । २००७ सालको सफल क्रान्ती पछि जे जति परिर्वतनको भए सबै कांग्रेसको नेृतत्वमा भएको छ । त्यसैले यो देशको मुल पार्टी, मुल विचार, मुल सिद्धान्त कांग्रेस नै हो भन्ने कुरा अध्ययन गरेर कांग्रेसले मात्रै देश बनाउन सक्छ भनेर मैले कांग्रेस रोजेँ ।

तपाई कांग्रेस प्रबेश भएपछि युवाहरु बढी खुशी भएको देखिन्छ, यहाँले युवाहरुका मुद्धामा कसरी काम गर्नु हुनेछ ?

एउटा घरपरिवार, समाज र देशको विकासका लागि युवा नै एक मात्र शक्ती हो । तर विडम्बना हामी युवाहरु काम बिहिन अवस्थामा छौँ । सिकेका कुरा पनि व्यावहारमा लागु गर्न नसक्दा आज कर्मजीवी युवाहरु समाजमा बेरोजगार काम बिहिन भएका छन् । मैले भन्न खोजेको युवा परिचालन नभई परिवार, समाज र देशको विकास सम्भव छैन् तर सरकार युवा मैत्री छ्रैन । मलाई लाग्छ एउटा सकरात्मक सोच राख्ने युवाको भावना बुझ्ने र युवाका मुद्धालाई ठिक ठाँउमा ठिक ढंगले उठान गर्न सक्ने मानिस हामी संग आयो भन्ने कांग्रेसीजन् युवाहरुलाई लागेको हुनुपर्दछ । सबै सुभचिन्तक बाट सकरात्मक सुझाब सुबेच्छा प्राप्त गरेको मैले महसुस गरेको छु । पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउन आगामी निर्वाचनमा कांग्रेस आक्रामक ढंगबाट प्रस्तुत हुनुपर्दछ त्यसका लागि सबैले निजि स्वार्थ त्याग्नुपर्दछ । आम युवाहरुको उत्साहलाई समेटेर समाज र देश बनाऔँ । सकरात्मक जागरण र परिणाम तर्फ केन्द्रीत हुन समन्वयकारी भुमिका खेल्नेछु ।

कांग्रेस अहिले १४ औँ महाधिेबशनको सेरोफेरोमा छ, यसपटक आफुलाई कुन रुपमा प्रस्तुत गर्ने योजना बनाउनु भएको छ ।

म यो या त्यो पद पाँउछु, त्यता धेरै अवसर पाँउछु भनेर कांग्रेसमा लागेको होईन् । कांग्रेसको बिचार, निति, सिद्धान्त र यसले मुलुकमा परिर्वतनका लागि खेलेको भुमिकालाई महशुस गरेर म नेपाली कांग्रेसमा आवद्ध भएको हुँ । म सिक्दैछु, परिपक्क कांग्रेस, परिपक्क कार्यकर्ता कसरी बन्ने भन्ने चरणमै छु । अग्रजहरु र साथिहरुको सुझाव सल्लाहलाई ग्रहण गरेर पार्टीको हितमा काम गर्ने सोच बनाएको छु । पार्टीले आगामी दिनमा कस्तो भुमिका दिन्छ त्यहि आधारमा निश्चित क्षेत्र तोकेर परिणाम ल्याउने गरेर संगठन निर्माण र कांग्र्रेसलाई स्थापित गर्ने लक्ष्य बाहेक अरु व्यक्तीगत ईच्छा छैन् ।

आदरणिय नेताहरु जसले जीवनभर कांग्रेसमा त्याग गरेरका छन्, हजारौँ अछामका युवा कांग्रेस जसले पार्टीमा आफ्नो जीवन सर्मपण गरेका छन् । त्यसपछिका पिढी जसले आफ्नो सुन्दर भबिष्य सहित समाज र देशको कल्पना गरेका छन् उनिहरुको सल्लाह र सुझावलाई सिरोपर गरेर अघि बढ्नेछु ।

महाधिबेशनमा कुनै पदमा उठ्ने ईच्छा त राख्नु भएको होला नि ?

यो कुरा मैले अघि पनि भने, यो या त्यो पदमा लड्ने भनेर आफै डिक्लिएर गरेको छैन् । पार्टी भनेको टिम वर्क हो । टिम वर्कमा म फिल ईन द ग्यापको भुमिकामा रहेर काम गर्नेछु । यसमा धेरै सुभचिन्तक साथिहरुले महाधिबेशन प्रतिनिधीको लागि सुझाब दिनुभएको छ । म अग्रज नेता र साथिहरुका बिचमा सल्लाह गरेर यस बिषयमा निर्णय लिनेछु ।