मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका विभिन्न ठाँउमा प्रेरणा र परिर्वतन बिषेयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम हुने

अछामका विभिन्न ठाँउमा प्रेरणा र परिर्वतन बिषेयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम हुने


अछाम : जिल्लाका विभिन्न ठाँउमा जीवनका लागि प्रेरणा र परिर्वतन बिषेयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

वर्तमान समयमा मानव मन र समाजमा बढीरहेको तनाव र बिषम परिस्थितीको निराकरणका लागि उत्प्रेरणात्मक प्रशिक्षण गरिने भएको ईश्वरी बह्रमकुमारी बिश्व बिद्यालय मंगलसेन शाखाले जनाएको छ ।’

बह्रमकुमारी ईश्वरिय बिश्व बिद्यालय राजयोग प्रशिक्षक केन्द्र नेपालको आयोजनामा शान्त मन आनन्दमय जीवनका लागि प्रेरणा र परिर्वतन बिषेयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम हुने गरिएको मंगलसेन शाखाका बह्रमकुमारी कविताले बताईन् ।

कार्यक्रम विभिन्न चरणमा हुने भएको छ । २९ गते बिहान ७ बजे अछाम बहुमुखी क्याम्पस, बिहान १०:३० बजे षोडशा माबी र २ बिनायकमा हुने भएको छ ।

यस्तै कार्तिक ३० गते बिहान ७ बजेर ३० मिनेटमा जिससको हल मंगलसेनमा बृहत रुपमा प्रशिक्षण कार्यक्रम हुने आयोजकले जनाएको छ । मंगलसेन बोर्डिंग स्कुलमा समेत कार्यक्रम हुने छ।

व्यक्तीत्व विकास एवंम सकरात्मक जीवन शैलीका लागि उक्त कार्यक्रम आयोजना गरिएको हुदाँ सबैलाई कार्यक्रममा सहभागी हुने उनले आग्रह गरेकी छन् ।