मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पवन मधुश्रीको लोक दोहोरी गीत ‘जुनी’ सार्वजनिक (भिडियोसहित)

पवन मधुश्रीको लोक दोहोरी गीत ‘जुनी’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं : साहित्यकार एबम् गीतकार मधुश्रीको नयाँ गीत “जुनी” सार्वजनिक भएको छ । मधुश्री युट्युब च्यानलबाट मधुश्रीको नयाँ गीत “जुनी” सार्वजनिक भएको हो ।

पछिल्लोपटक निकै चर्चामा रहेकी लोकप्रिय गायिका शान्तिश्री परियार र नवोदित गायक प्रमोदकुमार माझीको आवाज रहेको “जुनी” मा पवन मधुश्री स्वयंले संगीत भरेका छन् । शब्द पनि मधुश्रीको नै रहेको छ ।

पछिल्लोपटक सर्वाधिक रुचाइएकी मोडेल सारिका केसी र महेन्द्र गौतमको बेजोड अभिनय रहेको छ भने चर्चित कलाकार तथा निर्देशक शंकर बिसीले म्युजिक भिडिओको निर्देशन गरेका छन् ।

डेढ महिना अघि मात्रै मधुश्रीको लोक झ्याउरेमा आधारित “बेलखेत पुल” म्युजिक भिडियो सार्वजनिक भएको थियो । पवन मधुश्री पछिल्लोपटक गीतकार र संगीतकारको रूपमा देखिदै आएका छन् ।

उनको आफ्नै शब्द संगीतमा ईतिहास, आमा, माटो र बेलखेत पुललगायतका म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा आइसकेका छन् । देशभक्ति तथा जननी जन्मभूमिप्रति समर्पित गीतहरू सार्वजनिक गर्दै आउनुभएका मधुश्री पछिल्लोपटक मायाप्रितिमा आधारित गीतहरू पनि सार्वजनिक गर्दै आएका छन् ।

“जुनी” नव युवक र युवतीबीचको माया प्रेम र माया प्रेममा उत्पन्न समस्याहरूको प्रतिनिधित्व गर्ने गीत हो । यश विषयमा पवन मधुश्री भन्छन्:- “साहित्य र संगीतमा माया प्रेम परिपुरक अंग हो ।

सरकारी सेवामा आबद्ध पवन मधुश्रीको सरकारी प्रचलनको नाम पदम बहादुर माझी हो । हाल उनी पञ्चदेवल विनायक नगरपालिका अछाममा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन्।

पवन मधुश्रीको नामबाट उनी लेखकको रूपमा चिनिदै आएका छन् । लामो समयदेखि पवन मधुश्री नामबाट कान्तिपुर, नागरिक, हिमालय टाइम्स, राजधानी दैनिकमा लेख लेख्दै आएका मधुश्री राजधानी दैनिकमा ‘स्थानीय प्रजातन्त्र’ र पछि ‘चिन्तनको चौतारी’ नाममा स्तम्भ समेत लेख्ने गर्दथे ।

हाल उनका विभिन्न अनलाइन पोर्टलहरूमा लेखहरु प्रकाशित हुदै आएका छन् । मधुश्रीका गाउँले कविता संग्रह, नमुना राजनीति र विकास पुस्तक प्रकाशित छन् । लेखक, साहित्यकार, स्तम्भकारको छवि बनाएका पवनले पछिल्लो समय गीतकार र संगीतकारको रूपमा समेत आफ्नो परिचय विस्तार गरेका छन् ।