मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

अछामबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार


अछाम : जिल्लाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासी मनसरा देवकोटाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

मन्सराको दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या उत्पन्न भएपछि विनायकबाट रेफर गरिएको थियो।

तत्काल उद्दार गर्नु पर्ने भएकाले उनलाई हेलिकोप्टर मार्फत कोहलपुर शिक्षण अस्पतालसम्म प्रसूति सेवाका लागि लगिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उनको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

उद्धारमा प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल, नगर प्रमुख देवराज देवकोटा, अछाम अस्पताल, नेपाली सेना लगायतका निकायले सहयोग गरेका थिए ।