मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो हो संसारकै महंगो फल : एउटा गेडाको मूल्य १६ लाख रुपैयाँ !

यो हो संसारकै महंगो फल : एउटा गेडाको मूल्य १६ लाख रुपैयाँ !


काठमाडौं । संसारमा अनेक खालका फलफूल पाइन्छन् जसको मूल्य पनि थरीथरी हुन्छ । जापानमा पाइने एउटा खरबुजा चाहीँ संसारकै सबैभन्दा महंगो फलको रुपमा रहेको छ ।

जापानको रैथाने फलको रुपमा रहेको युबरी किंग खरबुजा सायद संसारकै सबैभन्दा महंगो फल हो । यसको खेती जापानमा मात्रै हुन्छ र स्थानीय बजारमा किनबेच हुन्छ । निकै महंगो भएका कारण यसको निर्यात नगन्य हुन्छ । यो फल सूर्यको प्रकाशमा नभई ग्रिन हाउसमा फलाइन्छ । यो खरबुजा होक्काइडो प्रान्तका केही ठाउँमा मात्र फलाइन्छ ।

Yubari Melon

युबरी किंग खरबुजा यतिधेरै महंगो हुन्छ कि एक किलोको एउटा दानाको मूल्य १६ लाख रुपैयाँ बराबर पर्दछ । अर्थात् ३२ लाख रुपैयाँ बराबरको मूल्य एक जोडी खरबुजाका दाना पाइन्छन् ।

सन् २०१९ मा भएको एक लिलामीका क्रममा दुईवटा खरबुजाको मूल्य ५३ लाख रुपैयाँ परेको थियो ।

निकै महंगो यो फलको माग जापानको धनाढ्य वर्गमा निकै उच्च छ । वर्षभरी नै फल्ने यो फल १ सय दिनमा तयार हुन्छ । भौगोलिक सूचकबाट संरक्षित गरिएका कारण यो फल यतिधेरै महंगो भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा