मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० महिनापछि अमेरिकी सीमा खुल्दै, खोप लगाएकाहरु जान पाउने

२० महिनापछि अमेरिकी सीमा खुल्दै, खोप लगाएकाहरु जान पाउने


काठमाण्डाै – अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै आजदेखि पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्दैछ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा प्रतिबन्ध लगाउनु भएको थियो । बेलायत र युरोपेली सङ्घका देशसहित ३० वटाभन्दा बढी देश अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुनर्मिलन हुन पाएको थिएन र पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।

नयाँ नियमसँगै विमानसेवाले आगन्तुकहरूको आउनेजाने क्रम बढ्ने अपेक्षा गरेका छन् । अब यात्रुहरूले उड्नु अगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिनभित्रको कोभिड निगेटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ । तर उनीहरू क्वरेण्टीन बस्नुपर्ने छैन ।

कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरियो ।

अब क्यानडा र मेक्सिकोसँगको जमिनतर्फको सीमा पूर्ण खोप लगाएकालाई खुला गरिने बीबीसीले जनाएको छ।