मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ दिनपछि मृत भेटिएका तिमल्सैनाको अझै पोस्टमार्टम हुन सकेन

१४ दिनपछि मृत भेटिएका तिमल्सैनाको अझै पोस्टमार्टम हुन सकेन


शवको पोष्टमार्टम नभएको भन्दै आफन्त आक्रोशित

अछाम । १४ दिन पछि मृत भेटिएका रेशम तिमल्सैनाको पोस्टमार्टम र अनुसन्धानमा ढिलाई भएको भन्दै आफन्त आक्रोशित भएका छन् ।

तिमल्सेनाको पोस्टमार्टम गर्न हिजो राति नै जिल्ला अस्पताल ल्याए पनि अहिले सम्म पोस्टमार्टम नभएको भन्दै आफन्त आक्रोशित भएका हुन् ।

कार्तिक २ गते गैरीटाडबाट बेपत्ता भएका तिमल्सेनाको शव कार्तिक १५ गते गैरीटाड बजार नजीकै बासको झाडीमा भेटिएको थियो ।

तिमिल्सेनाको शरीरमा डाम र टाउको चोट लागेका कारण हत्या नै भएको दाबी गर्दै आफन्तले तककाल अनुसन्धान प्रक्रिया सुरु गर्नु पर्ने माग पनि राखेका छन् ।

शव अस्पताल पुर्याएको १ दिन भइसक्दा पनि शवको पोष्टमार्टम नभएको भन्दै आफन्तले मंगलसेनमा सडक बन्द गरेका छन् । गाडी चल्न नदिने भन्दै सडक बन्द गरिएको आफन्तले बताएका छन् ।

उता कमलबजार विनायक र गैरीटाडमा पनि आफन्तले बन्द गरेका छन् ।

अछाममा पोस्टमार्टम गर्ने चिकित्सक पनि छैन

अछाम जिल्लामा पोस्टमार्टम गर्ने चिकित्सक नै नभएको खुलेको छ । जिल्ला अस्पताल अछामलाई शवको पोष्टमार्टम गर्ने अनुमति भए पनि चिकित्सक नभएको जानकारी खुलेको हो ।

जिल्लामा ५० बेड अनुमति प्राप्त अस्पताल सञ्चालनमा रहे पनि पोस्टमार्टम गर्ने चिकित्सक नभएको पाइएको हो ।

विशेषज्ञ चिकित्सक नभएको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले चिकित्सक पठाई दिन भनेर जिल्ला प्रशासन कार्यालय डोटी लाई पत्र लेखेका छन् ।

शवको पोस्टमार्टम र घट्नाको अनुसन्धानका विषयमा जानकारी लिन खोज्दा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको फोन सम्पर्क हुन सकेन् ।