मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार वर्षपछि प्रधानमन्त्ती देउवा र समकक्षी मोदीबीच भेट, के भयो कुराकानी?

चार वर्षपछि प्रधानमन्त्ती देउवा र समकक्षी मोदीबीच भेट, के भयो कुराकानी?


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। स्कटल्यान्डको ग्लासगोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप २६ का क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ता भएको हो। 

भेटमा दुबै नेताबीच दीगो विकासका लागि सँगै मिलेर काम गर्न महत्वपूर्ण भएको विषयमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जानकारी गराएका छन्। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिम सिर्जना गर्ने विषयमा जोड दिएको बताएका छन्। 

दुई नेताबीच करिब चार वर्षपछि भेटवार्ता भएको हो। दुबै मुलुकबीचको समबन्धका बुझाईमा फरकपना देखिएको समयमा भएको यो भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ। यसअघि चौथोपटक प्रधानमन्त्री भएको बेला देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा समकक्षीको रुपमा मोदीसँग भेट गरेका थिए।

अघिल्लो सरकारको समयदेखि नै भारतसँगको सम्बन्धमा आएको तिक्तता अझै बाँकी रहेको र सोमबार भएको भेटले द्विपक्षीय सम्बन्धमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

यसअघि नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्दै नयाँ नक्सा जारी गर्दा दृढताका साथ उभिएका देउवाप्रति भारत असन्तुष्ट देखिएको छ। वार्ताका क्रममा उक्त असन्तुष्टिका विषयमा पनि छलफल भएको कूटनीतिज्ञहरुको बुझाइ छ। 

यससँगै देउवा र मोदीबीचको भेटमा द्विपक्षीय भ्रमणको विषयमा पनि छलफल बताइएको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भारतसँगको सम्बन्ध सुधार गर्नका लागि यसअघि सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत पठाएका थिए।

पार्टीको महाधिवेशन नजिकिएसँगै भारतसँगको सम्बन्ध सुधारका लागि अहिलेको भेट महत्वपूर्ण भएको र यसले दुई मुलुक र दुई देशका सत्तारुढ पार्टीबीचको पारस्पारिक सम्बन्धलाई थप बलियो बनाउने कांग्रेसकै नेताहरुले बताइरहेका छन्।