मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भविष्यमा पानीको लागि लड़ाई हुने अवस्था आउन सक्छ : डिभिजन वन अधिकृत शर्मा

भविष्यमा पानीको लागि लड़ाई हुने अवस्था आउन सक्छ : डिभिजन वन अधिकृत शर्मा


‘वातावरण संरक्षणमा सबैले जोड दिनुपर्ने : शर्मा’

अछाम । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रम सम्बन्धी ३ दिने तालिम अछामको साँफेबगरमा सुरु भएको छ । अछाम जिल्लामा कार्यरत पत्रकारहरुको लागि सो विषय सम्बन्धी क्षमता अभिवृद्धिका लागि तालिम सुरु भएको हो ।

तालिमको उदघाटन सत्रमा बोल्दै डिभिजन वन कार्यालय अछामका प्रमुख भोजराज शर्मा मुडभरीले जलवायु परिवर्तनले गर्दा भविष्यमा पानीको लागि लड़ाई हुने अवस्था आउन सक्ने कुरा औल्याएका छन् ।

अहिले भरैहेको वातावरणीय प्रभावले गर्दा हरेक कुरामा परवर्तन भइरहेको भन्दै उनले यसको लागि वातावरण संरक्षणमा जोड दिनु पर्ने बताए । अबको १०० वर्षमा अछामका हरेक पलिकाबासिले नदीकिनारामा बस्नु पर्ने अवस्थाको सृजना हुन सक्ने उनको भनाइ छ । जसले गर्दा भयाभह अवस्थाको आउने बताएका हुन ।

पानी बिना बाँच्न असम्भव रहेकाले सबैले वातावरण संरक्षणमा उनले जोड दिएका छन् । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल आयोजना अछाम जिल्लाको सबै पालिकामा लागू गर्नु पर्नेमा शर्माको जोड छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले जिल्लामै पहिलो पटक यस प्रकारको तालिम सञ्चालन गरेको आयोजकलाई धन्यबाद दिएका छन् । ३ दिनको बसाईमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी ज्ञान लिन प्रभावकारी हुने विश्वास गरेका छन् । सहभागीले पनि तालिमबाट सिकेर अछाममा बन तथा वातावरण पत्रकारिताका बारेमा लेख्न आग्रह गरेका छन् ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रमको आयोजना र संयूक्त राष्ट्र संघ वातावरण कार्यक्रम तथा ग्लोबल वातावरणको सहयोगमा तालिम सुरु भएको कार्यक्रमका प्रतिनिधि धीरज झाले बताए ।

अछाम जिल्लाका २० जना सञ्चारकर्मी तथा पत्रकारको सहभागिता रहेको तालिमको सहजीकरण कृष्ण मुरारी भण्डारी, सविन शर्मा र दीपेन्द्र जोशीले गरिरहेका छन ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रम नेपालका ३ जिल्ला अछाम, दोलखा र सल्यानमा सञ्चालन रहेको कार्यक्रमको व्यवस्थापन इकाईका प्रतिनिधि हरी आचार्यले जानकारी दिए ।