मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्दली गाडको कटानले संङ्ग्रातोलिका ४० घर पहिरोको उच्च जोखिममा

आर्दली गाडको कटानले संङ्ग्रातोलिका ४० घर पहिरोको उच्च जोखिममा

सुदूर आज

अछाम : खोलाको कटानले गर्दा अछाम जिल्लाको एक गाउँ पहिरोको उच्च जोखिममा रहेको छ। गत आईतवार देखि परेको अबिरल बर्षाका कारण साँफेबगर नगरपालिका वडा नम्बर १० आर्दली गाडमा आएको बाढीले कटान गर्दा सिङ्गो गाउँ नै पहिरोको जोखिममा परेको छ।

नगरपालिका वडा नं १० घुघुरकोटको संङ्ग्रातोलि गाउँ पहिरोको उच्च जोखिममा परेको हो । आर्दलीगाडले कटान गरेपछि करिव ४० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

खोलाबाट करिब १५ सय मिटर जति पहिरो गईसकेको अब गाउँमा पहिरो पुग्न २ सय मिटर मात्रै बाकि रहेको स्थानीय कम्मान सिह खड्काले जानकारी दिए।

खड्काका अनुसार अब गाउँनै पहिरोले बगाउन सक्ने हुदाँ पहिरो नियन्त्रणका लागि यथेष्ट पहल गरिदिन आग्रह गरेका छन् ।