मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल एयरलाइन्सले धनगढी साफेबगर उडार्न भर्ने

नेपाल एयरलाइन्सले धनगढी साफेबगर उडार्न भर्ने


अछाम : नेपाल एयरलाइन्सले अछामको साफेबगर बिमानस्थलमामा पनि उडान भर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान भर्नको लागि निर्देशन आएपछि उडान भर्न लागिएको हो ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले धनगढीबाट अछामको साँफेबगरको लागि मंगलबारदेखि उडार्न भर्ने तयारी भइरहेको जानकारी दिए।

यस अघि हप्ताको २ दिन नेपालगन्ज देखि साफेबगर उडान भर्दै आएको थियोे ।

नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा उडान बन्द गरेको थियो । लकडाउन खुले पनि पछि जहाज नभएको भन्दै उडान कटौती गरेको थियो ।

तर एयरलाइन्सले जहाज नआएपनि अछामको साफेबगरमा कार्यलयको भने भाडा तिररहेको थियो ।