मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु, १६ बढी घाईते

अछाममा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु, १६ बढी घाईते


रमेश रावत अछाम ।

अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको दुर्घटनामा गाडी चालक सहित १६ जना बढी घाईते भएका छन ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ बर्षिय जीवन न्यौपाने, सोही वडाका १८ बर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ बर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घाईते १६ जना मध्य १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।

घाईते मध्य वडा नम्बर २ का मदन धामी र उपिन्द्र शाहिलाई नेपालगन्ज लगिएको छ ।

से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।