कला साहित्य / मनोरञ्जन

बुलाकी’ मा नायिका सुरक्षा र नायक नरेन मुख्य भूमिकामा

काठमान्डौ । फिल्म ‘ग्रीन बर्ड’ को छायांकन पूरा हुनसाथ अभिनेत्री सुरक्षा पन्तले नयाँ फिल्म साइन गरेकी छन् । जारी प्रथामाथि आधारित भएर निर्माण हुन लागेको फिल्म ‘बुलाकी’ मा उनी अनुबन्ध भएकी हुन् ।

उनले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न तयार भएको बताएकी छिन् । फिल्मको मुल कथा नै उनको र अभिनेता नरेन खड्काको वरीपरी घुम्नेछ । कात्तिकबाट फिल्मको छायांकन सुरु हुनेछ ।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यस फिल्ममा नायक नरेन खड्का पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । विराज विस्ट, अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोेखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने फिल्मको अधिकांश छायांकन डोल्पामा हुनेछ ।

कर्णालीको भाषामा बन्ने यस फिल्मको निर्मातामा मोति विष्ट र गोपाल विस्ट छन् भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् । शिव ढकालले खिच्ने फिल्मको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ ।

निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनाउन लागेको जानकारी दिए । फिल्मले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताए ।

रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् ।

फिल्मले यही विषयलाई उठान गर्न लागेको हो । अभिनेता नरेन खड्काले पहिलो पटक फिल्ममा आफूले फरक भूमिकामा अभिनय गर्न लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अवार्ड जित्न सफल दुई राम्रा नेपाली फिल्म, हेर्नुहोस् युट्युबमा
दसैंमा गुञ्जने मालश्री
अछामी भाषा, कला, संस्कृती र पर्यटनको संरक्षणका लागि ‘नौखुवा’ को सुरुवात
एक अर्ब प्रयोगकर्ता हुने पहिलो कम्पनी बन्यो टिकटक