मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काङ्ग्रेस अछामको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

काङ्ग्रेस अछामको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

सुदूर आज

अछाम । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामको आयोजनामा बिजया दशमी तथा शुभ दिपावलिको अवसर पारी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला सभापति भरत कुमार स्वारको सभापतित्वमा भएको कार्यक्रममा पूर्वपार्टी सभापती पुष्प बहादुरशाह, मेघराज खड्का, महासमिति सदस्य राजन कुवर, अम्बिका चलाउने, महाधिवेशन प्रतिनिधि पदमराज अधिकारि, टक्कर ताम्राकार, सुरत बिस्ट, हर्कमान स्वार, पुर्व महासमिति सदस्य टिकाराम खनाल, पुर्व महाधिवेशन प्रतिनिधि अर्जुन ताम्राकार ,पुर्व पार्टी सचिव टेकबहादुर साउद, अछाम क्षेत्र नम्बर१क्षेत्रीय सभापति कृष्ण बुढा ,प्रदेश सभापति राजेन्द्र कुवर,डम्बर स्वार लगायतको उपस्तिथि रहेकोे थियो ।

कार्यक्रममा अछामका १० वटै पालिका हरुका नव निर्वाचित सभापति र पदाधिकारी हरुलाइ सम्मान समेत गरिएको थियो ।

जिल्ला उपसभापति नयाँराम बजगाइको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला सहसचिव एवं प्रबक्ता वेदप्रकाश तिमिल्सैनाले गर्नुभएको थियो ।