मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली राजमार्गमा बस दुर्घटना : अछामका एकको मृत्यु

कर्णाली राजमार्गमा बस दुर्घटना : अछामका एकको मृत्यु


सुर्खेत : शनिबार साझ ८ बजे तिर कर्णाली राजमार्गमा बस दुर्घटनामा परेको छ। सुर्खेतबाट कालिकोट हुँदै जुम्लाका लागि छुटेको बस कर्णाली राजमार्ग अनतर्गत दैलेखमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका १ दारेभिरमा अनियन्त्रित भएर ना ६ ख ९२२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अछाम घर भएका ७४ वर्षीय भक्तबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अरु ७ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेर उद्धार समेत गरेको छ । बस अनियन्त्रित भएर सडको भित्तामा ठोकिन गई दुर्घटना भएको प्रहरीको भनाइ छ ।