मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हामीले पार्टी फुटाएका हैन, विद्रोह गरेका हौं : केन्द्रिय सदस्य कुँवर

हामीले पार्टी फुटाएका हैन, विद्रोह गरेका हौं : केन्द्रिय सदस्य कुँवर


अछाम : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )का केन्द्रिय सदस्य राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पार्टी फुटाएको नभई बिद्रोह गरेको बताए ।

एकीकृत समाजवादीको प्रथम अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताए ।

नेपालको राजनीतिक दलहरुको निर्माण नै बिद्रोहबाट भएको उनको भनाई रहेको छ । कम्युनिष्ट आन्दोलनभित्रको निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले केपी ओलि अघि बढेका कारण कम्युनिस्ट पार्टी छिन्न भिन्न भएको बताए ।

उनले आफुलाई मन्त्री भब्दा ठुलो कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु भएका कारण राज्य मन्त्री त्याग गरेको बताए। सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दीर्घ सोडारिले सुदुरपश्चिम प्रदेशमा अबको निर्वाचनमा सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गरे।

यस्तै उनले केपी शर्मा ओलिको गलत प्रवृत्तिका विरुद्ध बिद्रोह गर्ने ठाँउमा पुगेको धारणा व्यक्त गरे । प्रथम भेलालाई नेकपा समाजबादिका नेता साँफेबगर नगर प्रमुख कुलबहादुर कुवर, सामाजिक विकास राज्यमन्त्री मना साउद, प्रदेश सभा सदस्य बलबहादुर सोडारि, समाजवादिका नेता शकर भण्डारि,अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष केशर रेग्मी लगायतले बोलेका थिए ।

यस्तै केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य कुँवरले राज्य मन्त्री अस्वीकार गर्नुभएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गर्नुभएको छ। उहाँले आफुलाई मन्त्री भब्दा ठुलो कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु भएका कारण राज्य मन्त्री त्याग गरेको बताउनुभयो ।तपाईको