मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड

तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड


काठमाडौं । माइक्रोसफ्ट कम्पनीको बहुप्रतिक्षित विन्डोज ११ अपरेटिङ सिस्टम अन्ततः आम प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । विन्डोज ११ सपोर्ट गर्ने कम्प्युटरहरुमा अब यसलाई निःशुल्क रुपमा डाउनलोड गरी अपग्रेड गर्न सकिनेछ ।

विश्वका दोश्रो मूल्यवान कम्पनीको रुपमा रहेको माइक्रोसफ्टका लागि विन्डोज ११ को सार्वजनिकीकरण कोशेढुंगाको रुपमा रहेको छ किनकी कम्पनीको कूल आम्दानीको १४ प्रतिशत विन्डोज सफ्टवेयरबाटै हुने गरेको छ ।

दशकौंदेखि पर्सनल कम्प्युटरको अपरेटिंग सिस्टमको क्षेत्रमा आधिपत्य जमाउँदै आएको माइक्रोसफ्टले सन् २०१५ को विन्डोज १० यता नयाँ संस्करण ल्याएको थिएन ।

विन्डोज ११ ले माइक्रोसफ्टलाई डेल, एचपी, लेनोभो जस्ता आफ्नो सफ्टवेयरको लाइसेन्स लिने कम्प्युटर निर्माता कम्पनीहरुमार्फत् आम्दानीको वृद्धिदर कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।विन्डोज ११ मा माइक्रोसफ्टले विभिन्न नयाँ फिचरहरु समेत थप गरी समृद्ध बनाएको छ ।

Start Menu को डिजाइनमा परिवर्तन गरेर Start बटनलाई स्क्रिनको बीच भागमा ल्याइएको छ । त्यस्तै अमेजनको एप स्टोरमार्फत् विन्डोजमै एन्ड्रोइड एप उपलब्ध हुनेछन् । त्यस्तै आगामी वर्षदेखि माइक्रोसफ्टले हरेक वर्ष विन्डोजमा अपडेट गर्ने जनाएको छ ।

कसरी प्राप्त गर्ने विन्डोज ११ ?

पहिलो कुरा तपाईंको कम्प्युटरमा विन्डोज ११ अहिले नै उपलब्ध नहुन पनि सक्दछ । हाललाई माइक्रोसफ्टले विन्डोज १० इन्स्टल भएका नयाँ भर्सनका कम्प्युटरहरुमा विन्डोज ११ उपलब्ध गराउँदैछ । अन्य कम्प्युटरहरुले कहिले विन्डोज अपडेट पाउनेछन् भन्ने कुराको निर्धारण गर्न यसले डाटाको विश्लेषण गर्नेछ । सन् २०२२ को मध्य सम्ममा सबै विन्डोज १० भएका योग्य डिभाइसमा विन्डोज ११ को अपडेट प्राप्त हुने बताएको छ ।

त्यसैले सबैभन्दा पहिले PC Health Check app को प्रयोग गरी आफ्नो कम्प्युटरले विन्डोज ११ को अपग्रेड प्राप्त गर्न योग्य छ कि छैन भन्ने थाहा पाउनुहोस् ।

अपग्रेडका लागि सम्भव भएतापनि तपाईंको कम्प्युटरले विन्डोज ११ सपोर्ट नगर्ने भएमा यसले तपाईंलाई विन्डोज ११ इन्स्टल गर्न सुझाव दिएको हुँदैन ।

तर यदि तपाईंले PC Health Check app बाट आफ्नो कम्प्युटर विन्डोज ११ अपग्रेड गर्नका लागि योग्य भएको पाउनुभयो भने निम्न चरण पूरा गर्नुहोस्ःमाइक्रोसफ्ट विन्डोज ११ वेबसाइटमा जानुहोस्

Download Now मा क्लिक गरी Windows 11 Installation Assistant प्राप्त गर्नुहोस्

डाउनलोड भएको फाइल खोल्नुहोस्

लाइसेन्स एग्रिमेन्ट शर्तहरुको खण्डमा Accept and install मा क्लिक गर्नुहोस्

अब तपाईंको कम्प्युटरमा फाइल डाउनलोड हुन सुरु हुन्छ ।

विन्डोज ११ इन्स्टलेसन एसिस्टेन्ट टुलले कम्प्युटरमा विन्डोज ११ इन्स्टल गरिदिन्छ र यसका लागि एक घण्टा वा सो भन्दा लामो समय लाग्न सक्दछ । कम्प्युटर तथा इन्टरनेट कनेक्सन कति फास्ट छ भन्ने कुरामा विन्डोज ११ इन्स्टल हुन लाग्ने समय भर पर्दछ ।

तपाईंले पृष्ठभूमिमा विन्डोज ११ इन्स्टल भैरहँदा आफ्नो कम्प्युटरमा काम गरिरहन पनि सक्नुहुन्छ । पूर्ण इन्स्टल भएको ३० मिनेटपछि कम्प्युटर रिस्टार्ट हुन्छ ।

जब यो पूरा हुन्छ तब विन्डोज ११ होमस्क्रिन तपाईंको कम्प्युटरमा देखिनेछ ।

विन्डोज ११ मन नपरेमा के गर्ने ?

तपाईंलाई कम्प्युटरमा इन्स्टल गरिसकेको विन्डोज ११ मन परेन र विन्डोज १० नै प्रयोग गर्ने इच्छा लाग्यो भने पनि पुनः पछाडि फर्किन सक्नुहुन्छ ।

तर यसका लागि विन्डोज ११ इन्स्टल गरेको १० दिनभित्रैमा तपाईंले विन्डोज १० मा फर्किनु पर्नेहुन्छ । यसका लागि :Setting मा मा क्लिक गरेर खोल्नुहोस्System मा क्लिक गर्नुहोस्

रecovery मा क्लिक गर्नुहोस् र Go back मा क्लिक गर्नुहोस्

वास्तवमा १ अर्ब ३० करोड प्रयोगकर्ता रहेको विन्डोज १० विश्वको सबैभन्दा लोकप्रिय कम्प्युटर अपरेटिंग सिस्टम हो । त्यसैले माइक्रोसफ्टले यसका प्रयोगकर्तालाई जबरजस्ती विन्डोज ११ मा लैजान चाहेको छैन । त्यसैले तपाईं यदि विन्डोज १० बाट खुसी हुनुहुन्छ भने अझै केही वर्ष निर्धक्क यही चलाउन सक्नुहुन्छ ।

माइक्रोसफ्टले सन् २०२५ बाट मात्रै विन्डोज १० बन्द गर्नेछ । यो वर्षको अन्त्यतिर विन्डोज १० को फिचर अपडेट गर्ने माइक्रोसफ्टको योजना छ ।–एजेन्सीको सहयोगमा